चेम्बरको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित, अध्यक्ष मल्लले गरे स्वागत

  २०७८ वैशाख ३ गते १७:२२     विकासन्युज

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित भएका छन् । नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति बैठकले विधानबमोजिम मनोनित हुने उपाध्यक्षमा गोल्छालाई मनोनित गरेको हो ।

गोल्छालाई चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीहरूले शुक्रबार स्वागत गरेका छन् । २००५ साल साउन १५ गते जन्मेका गोल्छा प्रतिष्ठित व्यावसायिक घराना गोल्छा अर्गनाइजेसनका अध्यक्ष थिए ।

हाल उनका हंशराज हुलासचन्द एण्ड को., हुलास वायर इन्डस्ट्रिज, हिम इलेक्ट्रोनिक्स, हुलास मेटल क्राफ्ट्स लगायतका व्यावसायिक प्रतिष्ठानहरू सञ्चालनमा छन् । गोल्छा २०२८ सालमा नेपाल चेम्बर अफ कमर्समा आबद्ध भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.