राम्रो क्वालिटी, सस्तो मूल्य नै सीजीको स्ट्रेन्थ होः विष्णु ज्ञवाली

  २०७८ वैशाख ३ गते १२:३०     विकासन्युज

नेपाली इलेक्ट्रोनिक्स बजारमा सिजी इलेक्ट्रोनिक्स एक परिचित ब्राण्ड हो । चौधरी ग्रुप अन्तर्गतको सिजी इलेक्ट्रोनिक्स ब्राण्डको उत्पादन उपभोग नगरेका नेपालीहरु सायद विरलै होलान् । सिजीले आइरन, स्पिकरदेखि एलईडी टीभी, वासिङ मेसिनसम्म बिक्री गर्दै आएको छ । हरेक नपालीको भान्साका सामान, बैठक कक्षमा एलईडी टिभी र स्पिकर, वासिङ मेसिन लगायतका २७ वटा उत्पादनहरु प्रायः सिजीकै नै भेटिन्छन् । उसो त सिजीले पनि नेपाली कुल घरसंख्याको ५० प्रतिशत घरमा आफ्नो उपस्थिति रहेको दावी पनि गर्दै आएको छ ।

कोरोना महामारीमा सिजीले कसरी काम गरिरहेको छ ? बजार विस्तार कसरी गरिरहेको छ र प्रतिस्पर्धी ब्राण्सँग कस्तो उपस्थिति जनाइरहेको छ भन्ने लगायतका विषयमा सिजी इलेक्ट्रोनिक्सका असिस्टेन्ट जनरल म्यानेजर विष्णुप्रसाद ज्ञवालीसँग विकासन्युजका सन्तोष रोकायाले कुराकानी गरेका छन् ।

हामीले लामो समयदेखि कोरोना भाइरसको त्रास खेपिरहेका छौं, यो अवस्थामा चौधरी ग्रुप अन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले कसरी काम गरिरहेको छ ?

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट हामी पनि अछुतो रहन सकेनौं । हामी पनि यो भाइरसबाट प्रभावित छौं । एक वर्षदेखि यो भाइरससँग लड्दै जुध्दै काम गरिरहेका छौं । सुरुका ३/४ महिना भएको लकडाउनको समयमका काम गर्न सक्ने अवस्था भएन ।

त्यतिखेर हामीले अनलाइनमार्फत नै काम गर्यौं । पछि लकडाउन खुलेपछि मात्रै फिल्डमा गएर काम गर्यौं । हाम्रो व्यापार विभिन्न डिलर मार्फत नै हुन्छ । तर, त्यतिखेर अनलाइनमार्फत गर्नु पर्ने भयो । लकडाउनको समयलाई नगन्ने हो भने सिजी यलेक्ट्रोनिक्सको व्यापार घटेको छैन । माग पनि बढेको छ । माग बढ्नुको पनि विभिन्न कारणहरु छन् । लकडाउनको समयमा बोर्डर पनि सिल भए । अन्तर्राष्ट्रिय उडान पनि बन्द भए । जहाजबाटै मात्र दैनिक ५ सय टेलिभिजन आयात हुन्छन् । त्यो सबै रोकिएको छ ।

अर्को, सबै मानिसहरुको प्राथमिकता अहिले अनलाइन नै छ ।

धेरै काम अनलाइनमार्फत नै भइरहेको छ । यस कारण प्यानलको माग पनि बढेको छ । लकडाउनको कारण घरकै खाना खाने धेरैको बानी पर्यो । यस कारण पनि घरायसी तथा किचेन सामग्रीहरुको आयात बढेको छ । अहिले फेरि गर्मी सुरु भएको छ । गर्मी सुरु भएपछि विस्तारै एसी र कुलरहरुको माग बढेको छ । कोरोनाको कारण बिजनेस ग्रोथको हिसावले हामीलाई त्यति मार परेको छैन ।

लकडाउनको समयमा अनलाइनमार्फत व्यापार गर्यौं भन्नुभयो, सिजीका ब्राण्ड अनलाइनबाट र डिलरहरुमार्फत बिक्री गर्दा कुनमा व्यापार बढी देखियो, अर्थात कुन बढी प्रभावकारी देखियो ?

अनलाइन र डिलरको विजनेसको तुलना नै गर्न मिल्दैन । हाम्रो प्रतयक्ष ग्राहकभन्दा पनि डिलरमार्फत हुने व्यापार हो । अनलाइन विजनेस हामी प्रत्यक्ष ग्राहकलाई मात्रै गर्न सक्छौं । डिलरमार्फत अनलाइन विजनसे गरेनौं । चौधरी ग्रुपले म्यासेज पनि सकारात्मक र ग्राहकहरुसँगै छौं भन्ने मानसिकताका साथ मात्रै अनलाइन विजनेस सुरु गरेका हौं । तर, व्यापारा हिसावले डिलरको तुलनामा अनलाइन नगन्य नै हो ।

हरेक तवरबाट कोरोनाकालमा व्यापार कस्तो रह्यो ?

तीन महिनाको लकडाउन बाहेक हाम्रो व्यापार अघिल्लो वर्षको भन्दा कम भएन । हाम्रो व्यापार स्मुथ्ली गइरहेको छ । धेरै नोक्सान तथा घाटा हामीलाई भएन । माग बढिनै राखेको छ ।

कोरोना भाइरसले उत्पन्न संकटबाट चौधरी ग्रुपले सिकेको पाठ के हो ?

कोरोना भाइरसबाट सजग बन्नको लागि अपनाउनु पर्ने मापदण्डहरु त अलग कुराहरु भए । तर, हामी विजनेसको हिसावममा पहिले पनि यी विभिन्न कुराहरु ख्याल गरेकै हुन्थ्यौं । जस्तो पायो त्यस्तो कम्पनीसँग वस्तु आयात गरेर नेपालमा सस्तोमा बिक्री गर्ने काम हामी गर्दैनौं ।
यस्तो खालको काम गर्ने धेरै कम्पनीहरु अहिले बन्द भइसकेका छन् । यस्तो खालको विजनेस गर्नु हुँदैन है भन्ने पाठ हामीले अगाडि पनि सिकेका थियौं र लकडाउनको समयमा पनि धेरै सिक्ने र बुझ्ने मौका मिल्यो । नेपाल सरकारले तोकेको मापदण्ड पालना गरेर हामी गुणस्तरियतामा ध्यान दिन्छौं । सानो–तिनो व्यापार गर्ने तर गलत किसिमले गर्ने व्यवसायीहरु अहिले समस्यामा छन् । तर, चौधरी ग्रुप त्यस्तो तर्फ ध्यान दिँदैन । हाम्रो यात्रा धेरै लामो छ ।

कोरोना भाइरसको समयमा उपभोक्ताहरुले सिजी इलेक्ट्रोनिक्सको कुन सामान बढी रुचाए ? अथवा बढी माग र खपत कुन सामानको भयो ?

माग र खपत समय अनुसार हुन्छ । कोरोनाको पहिलो चरणमा टेलिभिजनहरुको माग एकदमै बढ्यो । सबै काम अनलाइनबाट भएको कारणले पनि सबैले टीभी खरिद गरे । सबैले स्मार्ट टिभी खरिद गरे । त्यतिखेर सबै मानिसले घरमै बस्नु पर्ने बाध्यता थियो । हाम्रो क्वालिटी राम्रो भएको कारणले पनि ग्राहकले रुचाएका छन् ।


समग्रमा ग्राहकले हाम्रो सबै सामान रुचाएका छन् । हामीले ग्राहकले कुन सामानबढी बढी रुचाए भनेर थाहा पाउनको लागि त्यसको सेलस र डिमाण्ड नै हेर्ने हो । बिक्रीको हिसावले सबैभन्दा बढी माग हुने प्रडक्ट एलईडी टीभी हो । हामीले चाहेको गुणस्तर र अर्डर गरे अनुसारको सामान विदेशबाट आउँछ । सिजी नेपालको सबैभन्दा ठूलो ब्राण्ड हो । हाम्रो सबैभन्दा बढी टर्नओभर छ । रेञ्ज पनि ठूलो हाम्रै हो । हाम्रो डिलर नेटवर्क पनि ठूलो छ ।

देशभर ४ सय वटा डिलर नेटवर्क, १ सय ४० वटा सर्भिस सेन्टरहरु र ३ सय जना सर्भिस इञ्जिनियरहरु हुनुहुन्छ । त्यस कारणले पनि सिजी देशकै सबैभन्दा ठूलो ब्राण्ड हो । यो हाम्रो सबैभन्दा ठूलो स्ट्रेन्थ प्वाइन्ट हो । हाम्रा ग्राहकले हामीलाई धेरै विश्वास गर्छन् । कम्पनीको सर्भिस ब्याकअप र प्रोडक्टको क्वालिटी नै हाम्रो सवल पक्ष हो ।

नेपाली बजारमा सिजी इलेक्ट्रोनिक्सको प्रतिस्पर्धी को हो ?

हाम्रो प्रतिस्पर्धा दुईटा कोणबाट छ । हामी मल्टिनेश्नल ब्राण्डसँग प्रतिस्पर्धा गरिरहेका छौं । उहाँहरुको भन्दा नराम्रो क्वालिटी राम्रो हुनुहुन्न भन्ने हाम्रो मान्यता हो । अहिले क्वालिटीमा हाम्रो प्रतिस्पर्धी एलजी, सोनी सामसङहरु नै हुन् । हाम्रो प्रतिस्पर्धा एउटा नेपाली ब्राण्ड र अर्को मल्टिनेश्नल ब्राण्डहरुसँग छ ।

एलजी इलेक्ट्रोनिक्सले कतिवटा उत्पादनहरु बजारिकरण गरिरहेको छ ?

हामी २७ वटा वस्तुहरु उत्पादन गरिहेका छौं । सानोमा आइरन, स्पिकरदेखि ठूलोमा एसी, एलईडी टीभीसम्म उत्पादन गरिहरेका छौं ।

नयाँ वर्षको सुरुवात भइसकेको छ, सीजीले आफ्ना ग्राहकहरुका लागि के कस्ता स्किम ल्याएको छ ?

नयाँ वर्ष २०७८ को शुभकामनासहित हामीले हाम्रा ग्राहकका लागि धेरै किसिमका स्किमहरु ल्याएका छौं । हामीले विभिन्न प्रडक्टहरुमा फरक–फरक स्किमहरु सार्वजनिक गरेका छौं । कनै प्रडक्टमा छुट छ भने कुनैमा एउटा प्रडक्ट किन्दा अर्को प्रडक्ट उपहारको रुपमा स्किम ल्याएका छौं । वासिन मेसिनमा मिक्चर उपहार राखेका छौं । एलईडी टीभी, फ्रिज जस्ता प्रडक्टहरुमा छुट दिइरहेका छौं । हामीले २० प्रतिशतभन्दा बढी छुट दिएका छौं । यो स्किम बैशाखभरी रहन्छ ।

सर्वसधारणहरुले सिजी इलेक्ट्रोनिक्सकै प्रडक्टहरु किन रोज्ने ?

हाम्रो ड्युरेवल प्रडक्ट हो । आज किनेर भोलि सकिने प्रडक्ट हाम्रोमा हुँदैन । ५ देखि २० वर्षसम्म पनि टिक्ने प्रडक्ट हामीसँग छ । यसको महत्वपूर्ण पक्ष भनेको सेल्स सर्भिस हो । कुन कम्पनीले तपाईंलाई राम्रो आफ्टर सेल्स सर्भिस दिन सक्छ ? त्यो हेर्नुपर्छ । रेट तलमाथि भएपनि त्यसको गुणस्तर कति छ हेर्नुपर्छ । त्यस कारणले कुनै पनि प्रडक्ट खरिद गर्दा त्यसको बारेमा अध्ययन र कम्पनीको बारेमा अध्ययन गर्न जुरुरी छ । कुन कम्पनीको नजिकमा सर्भिस सेन्टर र डिलर छ त्यो पनि हेर्नु पर्छ ।

६८ जिल्लामा हाम्रो उपस्थिती छ । हाम्रो सर्भिस सेन्टर नपुगेको ठाउँमा पनि नजिकका डिलरहरुले पनि हेरिरहेका छन् । हाम्रो होम सर्भिस पनि छ । ठूलो प्रडक्टका लागि हामी घरमै गएर सर्भिस गर्छौं ।

उपभोक्ताहरुले सिजीकै सामान प्रयोग गर्नको लागि सिजीको मुख्य सवल पक्ष तथा विशेषता के हो ?

मुख्य भनेको हाम्रो कम्पनीको सर्भिस ब्याकअप हो । हामीसँग प्रशस्त सर्भिस ब्याकअप छ । अर्को क्वालिटी हो । मल्टिनेश्नल कम्पनीको प्रडक्टको गुणस्तर र हाम्रो गुणस्तर र त्यसमा भएको मूल्य फरक हेर्नुहोस् अनि आफै थाहा पाउनु हुन्छ । प्रिमियम प्रडक्ट र प्राइस नै हाम्रो स्ट्रेन्थ प्वाइन्ट हो । बजारमा हाम्रो भन्दा सस्तो प्रडक्ट पनि छ । तर, क्वालिटी पनि त्यही किसिमको पाउनु हुन्छ । हामी क्वालिटी मल्टिनेश्नल कम्पनीको जस्तो दिइरहेका छौं तर प्राइस नेपाली ब्राण्डको जस्तो दिइरहेका छौं ।

सिजीले क्वालीटी र मूल्यमध्ये कसलाई बढी महत्व दिन्छ ?

हामी दुवैलाई महत्व र फोकस गर्छौं । क्वालीटी राम्रो तर सस्तो प्राइस हाम्रो फोकस हो । मल्टिनेश्नल कम्पनसँग हामी क्वालिटीमा १९÷२० छौं तर मूल्यमा उनीहरुभन्दा हामी धेरै सस्तो छौं । राम्रो क्वालिटीको सस्तोमा खोज्ने ग्राहकलाई सिजीभन्दा उपर्युक्त अरु कुनै ब्राण्ड हुनै सक्दैन ।

तपाईंहरुको प्रडक्टको बारेमा बजारबाट के कस्तो प्रतिक्रिया आइरहेको छ ?

हामीलाई राम्रै र सकारात्मक प्रतिक्रिया नै आइरहेको छ । कतिपयले कम्प्लेन पनि गर्नुहुन्छ । नकारात्मक किसिमका प्रतिक्रियाहरु आउँदैनन् । नकरात्मक कमेन्टहरु आयो भने पनि हामीहरुले तपाइँहरुबाटै थाहा पाउने हो । जनरल ग्राहकहरु सिजी ब्राण्डप्रति विश्वस्त हुनुहुन्छ ।

अहिले सिजीले बजार विस्तारको रणनीति कसरी अपनाइरहेको छ ?

हाम्रा ४ सय डिलरहरु छन । ती डिलरलाई हेर्ने पनि हाम्रा स्टाफहरु हुनुहुन्छ । मुख्य कार्यालयबाट पनि कमाण्डिङ भइरहेको हुन्छ । त्यस्तै फिल्डमा पनि हाम्रा साथीहरु हुन्छन् । हामीले विभिन्न क्षेत्रहरु छट्याएर काम गरिरहेका हुन्छौं । बजार विस्तारको क्रममा हामी सुरुमा मार्केटको स्थिती बुझ्छौं, अध्ययन गर्छौं । मार्केट अध्ययनपछि डिलर थप्ने होकि पुरानै डिलरलाई अगाडि बढाउने विषयबारे अध्ययन गर्छौं । यसरी नै अगाडि बढ्छौं ।

६८ जिल्लामा मात्रै सिजीको मार्केट छ भन्नुभयो, ७७ वटै जिल्लामा जान नसकिने अवस्था हो ?

६८ वटा जिल्लामा डिलरहरु भएपनि ७७ वटै जिल्लाका मानिसहरुले हाम्रो प्रडक्ट प्रयोग गर्नुहुन्छ । अप्रत्यक्ष रुपमा हामी सबै जिल्लाहरुमा छौं । मुगुमा हाम्रो डिलर छैन । तर त्यहाँका मानिसले हाम्रो प्रडक्ट प्रयोग गर्नुहुन्छ ।

७७ वटै जिल्लाका नागरिकहरुले सिजीको प्रडक्ट आफ्नो नजिकैको डिलरमार्फत प्रयोग गर्न कहिले पाउँछन् ?

वि.स २०८० भित्रै ७७ वटै जिल्लामा हाम्रा डिलर विस्तार हुन्छन् । हामी प्रत्यक्ष रुपमा नजिकैको डिलरमार्फत सेवा दिने उद्धेश्यले २०८० भित्रै ७७ वटै जिल्लामा पुग्छौं । हामी त्यही किसिमले काम गरिरहेका छौं ।

सिजी इलेक्ट्रोनिक्सको आगामी योजना के हो ?

विश्व इलेक्ट्रोनिक्स बजारमा नयाँ–नयाँ प्रडक्टहरु आइरहेका छन् । ती टेक्नोलोजी र प्रडक्टहरुलाई नेपालमा भित्र्याउने हाम्रो योजना र रणनीति हो । नेपाली उपभोक्ताहरुलाई नयाँ टेक्नोलोजीसँगै अगाडि बढाउने काम अहिले पनि गरिरहेका छौं र अझैँ पनि गर्नेर्छौं । अहिले हामी जुन प्रडक्ट दिइरहेका छौं त्यसको परिस्कृत रुप र झन बढी गुणस्तर दिने काम हामी गर्छौं ।

हाम्रो मुख्य लक्ष्य भनेको प्रत्येक नेपालीको घरमा सिजीको प्रडक्ट पुर्याउनु नै हो । अहिले पनि हामीसँग कुल बजार अर्थात देशको कुल घर संख्याको ५० प्रतिशत घरमा हामी पुगेका छौं । त्यसलाई शतप्रतिशत पर्याउने र बजार विस्तार गर्ने हाम्रो लक्ष्य छ ।

सिजी इलेक्ट्रोनिक्सको उत्पादन प्रयोग गरिरहेका र नगरिरहेका उपभोक्ताहरुलाई सिजी ब्राण्डको सन्देश केही छ ?

आफ्नो मेहेनतको पैसा जुन पायो त्यही वस्तुमा खेर नफाल्नुहोस् । बजारमा धेरै किसिमका कम्पनी र धेरै किसिमका उत्पादनहरु आइरहेका छन् । त्यसको गुणस्तर पनि पत्ता लगाउनहोस् ।

हामी पनि नेपालमा सामान तयार गदैनौं । सबै बाहिरबाट नै आउने हो । भारत, चीन, इन्डोनेसिया र भियतनामाबाट हामी बढी सामान आयात गर्छौं ।

अर्को, धेरै सस्तो सामान पनि बजारमा पाइन्छ । क्वालिटीको कुरा पनि मुख्य हो । मेहनेतको पैसा सही सामानमा, राम्रो गुणस्तरमा, राम्रो मूल्यमा पाउनु हुन्छ । त्यो सिजी नै हो । एक पटक हाम्रो उत्पादन प्रयोग गर्नुहोस् । जहाँ हुनुहुन्छ त्यही नै हाम्रो सामान पाउन सक्नुहुन्छ ।

One comment on "राम्रो क्वालिटी, सस्तो मूल्य नै सीजीको स्ट्रेन्थ होः विष्णु ज्ञवाली"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.