पाँचतारा साकोसद्वारा सिजेएन कोषमा सहयोग

  २०७८ वैशाख १ गते ११:४९     विकासन्युज

काठमाडौं । पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले सहकारी पत्रकार समाजको ‘सिजेएन हित कोष’ मा १ लाख १ हजार १५१ रुपैया प्रदान गरेको छ । संस्थाको १३औं स्थापना दिवसको अवसरमा मंगलबार सहयोग गरेको हो ।  संस्थाले स्थापना दिवस एवं नयाँ वर्ष २०७८ को अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा संस्थाका अध्यक्ष भोलानाथ पाठकले उक्त चेक सहकारी पत्रकार समाजका अध्यक्ष खिलानाथ दाहाललाई हस्तान्तरण गरेका हुन् ।

समाजले स्थापना गरेको ‘सिजेएन पुरस्कार तथा हितकोष’ मा उक्त रकम जम्मा हुनेछ । सहकारी क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई सहयोग पु¥याउने उद्देश्यका साथ स्थापना भएको उक्त कोषमा पाँचताराको तर्फबाट उक्त रकम प्रदान गर्न पाउँदा आफूलाई खुसी लागेको अध्यक्ष पाठकले बताए । सहकारी अभियानको प्रवद्र्धनका निम्ति निरन्तर कलम चलाउने पत्रकारहरुसँग जोडिएर संस्थाले आगामी दिनमा पनि सहकार्य गर्दै जाने उनले बताए ।

सिजेएनका अध्यक्ष खिलानाथ दाहालले सदस्यहरुको वृत्ति विकास र हक हितकालागि समाजले काम गर्दै आएको बताए । कोषले पत्रकारिता पुरस्कार लगायत भविष्यमा आइपर्न सक्ने दुर्घटना वा भैपरीको अवस्थामा सदस्यहरुलाई सहयोग गर्ने उद्देश्यले सिजेएन हित कोष निर्माण गरिएको उनले जनाए । कोषमा सहयोग गरेकोमा पाँचतारा साकोस परिवारलाई अध्यक्ष दाहालले धन्यवाद दिँदै सहकारीले सिजेएनको सहकार्यले सहकारीक्षेत्रमा जागरण आउने बताए ।

पाँचतारा राष्ट्रिय सहकारी व्यक्तित्व घोषणा

संस्थाले स्थापना दिवसकै अवसरमा वार्षिक रुपमा गर्दै आएको पाँचतारा राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान घोषणा गरेको छ । संस्थाले २०७६ कालागि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेललाई सम्मान गर्ने भएको छ । त्यसैगरी २०७७ का लागि सहकारी जिल्ला सहकारी संघ ईलामकी अध्यक्ष विष्णु कुमारी लिम्बु दाहाललाई सम्मान गर्ने भएको छ ।

संस्थाले स्थापना दिवसको अवसर पारेर हरेक वर्ष सहकारी क्षेत्रमा योगदान पु¥याउने अभियन्ताहरुलाई सम्मान गर्दै आएको भए पनि गत वर्ष कोरोना महामारीका कारण भएको लकडाउनले सम्मान कार्यक्रम स्थगित भएको थियो । यस वर्ष पनि कोरोना भाइरसको जोखिम रहेकाले घोषित व्यक्तित्व द्वयलाई आगामी साधारणसभामा सम्मान गरिने संस्थाले जनाएको छ । संस्थाले सहकारी व्यक्तित्व हरुलाई नगद ११,१५१ रुपैया र ताम्र पत्र सहित सम्मान गर्ने भएको छ ।

संस्थाका अध्यक्ष भोलानाथ पाठकले जुन देशमा अग्रजको सम्मान हुँदैन त्यो देशमा सभ्यताको विकास नहुने बताए । उनले भने ‘अग्रजको सम्मान सभ्यताको पहिचान’ भन्ने भावलाई आत्मसातगर्दै संस्थाले कुनै जाति, वर्ग, धर्म र राजनीतिक पक्षलाई नहेरी योगदानको आधारमा अभियन्ताहरुलाई सम्मान गर्दै आएको छ’ । एघारौं पटकसम्म संस्थाले स्थापना दिवसको अवसरमा निरन्तर सम्मान गर्दै आएको भए पनि गत वर्ष कोभिड १९ काकारण स्थगित भएको सम्मान कार्यक्रमलाई यस वर्ष सँगै जोडेर मनाएको जनाए ।

‘संस्थाले नियमित बचत गर्ने र ऋणमा तिरेको ब्याजका आधारमा संरक्षित पुँजी फिर्ता कोषबाट रकम दिँदै आएको छ’ उनले भने, ‘सहकारी ऐन २०७४ आउनु भन्दा अगाडि देखि नै हामीले त्यस प्रकारको व्यवस्था गरी रकम वितरण गर्दै आएका थियौं ।’

संस्थामा १५ वर्षसम्म नियमित बचत गर्ने सदस्यलाई चाडपर्व बोनसको रुपमा ३ हजार रुपैया उपलब्ध गराउने भएको छ । त्यसैगरी संस्थाले १० लाखसम्मको ऋणमा अनिवार्य बीमा गर्न शुरु गरेको छ । ७५ वर्ष माथिका ज्येष्ठ नागरिक हरुलाई ३ देखि ५ हजार रुपैया वार्षिक रुपमा उपलब्ध गराउँदै आएको छ । सामाजिक क्षेत्रमा समेत संस्थाले श्रोत साधनले भ्याएसम्म सहयोग गर्दै आएको उनले जनाए ।

संस्थाका ज्येष्ठ सदस्य लक्ष्मण प्रसाद आचार्यको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा निजामती ट्रेड यूनियनका का.वा.अध्यक्ष भोला पोखरेल, संस्थाका कानुनी सल्लाहकार छविरमण निरौला, संस्थाका शिक्षा समित संयोजक उत्तम राजभण्डारी र लेखासुपरीवेक्षण समिति संयोजक सुशील प्रसाईंले शुभकामना मन्तब्य राखेका थिए भने व्यवस्थापक राधा कडरियाले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

संस्थाले हरेक वर्ष प्रकाशनगर्दै आएको स्मारिका र क्यालेण्डर समेत सोही अवसरमा विमोचन गरेको छ । कार्यक्रममा पाँचवर्ष भन्दा बढी कामगर्ने संस्थाका लेखा अधिकृत राम थापालाई सम्मान गरेको थियो । त्यसैगरी नियमित पाँच पटक भन्दा बढि रक्तदान गर्ने रक्तदाताको सम्मान गर्ने घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.