स्मार्टडोकोबाट यस नयाँ वर्ष सामान किन्दा ६६ प्रतिशतसम्म छुट पाइने

  २०७८ वैशाख १ गते ९:५७     विकासन्युज

काठमाडौं । स्मार्टडोको अनलाइन सपिगं प्लेटफर्मले २०७८ सालको उपलक्ष्यमा “स्मार्टडोको नयाँ वर्षको अफर” लिएर आएको छ ।

यस अफर अन्तर्गत ग्राहकले सामान खरिद गर्दा ६६ प्रतिशतसम्म छुट पाउनेछन् भने हिमालयन बैंकको कार्डबाट अनलाइन पेमेन्ट गर्दा २५ प्रतिशतसम्म क्यासब्याक पाउनेछन् ।

यस्तै ४ भाग्यशाली ग्राहकले यस अफर अन्तर्गत कोन्का टिभि, १६ स्मार्टवच्, वेगा स्टाय्ण्ड फ्यान् र बाल्ट्रा स्लाइस् पप्–अप् टोस्टर जित्नसक्नेछन् ।

ग्राहकहरुले स्मार्टडोको मार्फत सामसुङ, भिडियोकोन, बाल्ट्रा, क्रेन, डाक्टर ब्राउन, सिजि, लिनरफ्लक्स्, हकिन्स्, सनप्ले, किड्स्को, फुलो, मामाअर्थ, पीसेफ् र नियो लाईफ जस्ता टप ब्राण्डका सामानहरु खरिद गर्न सक्नेछन् । साथै ग्राहकले भुक्तानीको लागि क्यास्, कार्ड, अनलाइन भुक्तानी, सेल्पे, ई–सेवा, मास्टर कार्ड बाट गर्न सक्नेछन् ।

कम्पनीले स्वास्थ्यसँग सम्बन्धित प्रडक्ट र होम एन्ड लिभिङ प्रडक्ट लगायतका कैयौं प्रडक्ट अनलाइनमा उपलब्ध गराएका छौं ।

यो अफर वैशाख १ गते देखि ५ गते सम्म मात्र लागू कम्पनीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.