एनएमबि बैंक नयाँ वर्ष अफर: ओम्नि च्यानल प्रयोग गरी पैसा पठाउँदा शुल्क नलाग्ने

  २०७८ वैशाख १ गते ९:४७     विकासन्युज

kकाठमाडाैं । एनएमबि बैंकले नयाँ वर्ष २०७८ अवसरमा वैशाखको पहिलो हप्ता, जेष्ठको पहिलो हप्ता र असारको पहिलो हप्ताभरी ओम्नि च्यानल मार्फत अन्तर बैंक रकम स्थानान्तरण गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

प्रत्येक महिनाको पहिलो हप्ता हाम्रा ग्राहकहरुले विभिन्न प्रयोजनका लागी सेवा प्रदायकहरुलाई रकम भुक्तानी गर्न पर्ने हुन्छ, त्यसैले बैंकले आफ्ना ग्राहकहरूलाई ओम्निच्यानल (एप वा वेब) प्रयोग गर्न प्रोत्साहन गर्नुको साथै अन्य बैंकमा पैसा पठाउँदा शुल्क नलाग्ने सुविधाबाट लाभान्वित हुन अनुरोध गरेको छ ।

एनएमबि बैंक नेपालमा डिजिटल भुक्तानीको लागी ओम्निच्यानल भित्र्याउने पहिलो बैंक हो ।

बैंकले निकट भविष्यमा विभिन्न थप ब्राण्डहरु संग सहकार्य गदै लैजाने जनाएको छ । छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाईटको एनएमबि भिसा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ ।

एनएमबि बैंकले हाल देशभरी १८० शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.