नयाँ वर्षमा २० प्रतिशत छुट दिँदै एनआईसी एशिया बैंक, साथै नगद फिर्ता पनि

  २०७७ चैत ३१ गते १८:०३     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले नयाँ वर्ष २०७८ काे अवसरमा विभिन्न छुटको योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकलाई लक्षित गर्दै डिजिटल भुक्तानीमा २० प्रतिशतसम्मको छुट तथा नगद फिर्ताको योजना सार्वजनिक गरेको हो ।

उक्त योजना अन्तरगत बैंकका ग्राहकले सस्तोडिल, ग्यापु र स्टपग्रापबाट वैशाख ३ गतेसम्म विभिन्न सामग्रीहरु खरिद गर्दा २० प्रतिशत वा रु एक हजार ५ सय रुपैयाँसम्म नगद फिर्ता पाउँनेछन् ।

यसैगरी, बैंकले दराज अनलाईनसँगको सहकार्यमा इकमर्श मार्फत भुक्तानीमा २० प्रतिशत वा एक हजार ५ सय रुपैयाँसम्म छुटको समेत व्यवस्था गरेको छ । बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न विभिन्न इकमर्शसँग सम्झौता गर्दै आएको जनाएको छ ।

बैंकले पाँच तारे होटल म्यारियट र द्रिश्या लाउन्चमा नयाँ वर्षको दिन कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट योजना सार्वजनिक गरेको छ ।

बैंकले हाल देशभरका ३५२ शाखा कार्यालय, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर तथा ८० वटा शाखा रहित बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.