मिलेमतोमा नभई समयमै बीमा दावी भुक्तानी गर्न बीमा कम्पनीलाई निर्देशन (भिडियाेसहित)

  २०७७ चैत ३१ गते १६:३२     विकासन्युज

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुले दाबी भुक्तानी सेवालाई सरल र सहज बनाउन आवश्यक रहेको बताएका छन् । सगरमाथा इन्स्योरेन्स कम्पनीकाे ‘सगरमाथा आरोग्य स्वास्थ्य बीमा’ सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले नेपालका सबै बीमा कम्पनीहरुले बीमितलाई भुक्तानी दिने विषय समस्याको रुपमा रहेको बताएका हुन् ।

बीमा कम्पनीहरुले मिलेमतोमा मात्रै भुक्तानी दिने गरेको उल्लेख गर्दै त्यसलाई सुधार्न निर्देशन समेत दिए । मिलेमतो हुने बीमितले समय भन्दा अगाडि नै भुक्तानी पाउने तर मिलेमतो नभए भुक्तानी पाउनै नसक्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए ।

यस्तै, रेट कटिङ्ग र उधारो बीमा पनि बीमा कम्पनीहरुमा देखा परेको अर्को ठूलो समस्या रहेको उनले बताए । रेट कटिङ, उधारो बीमा र भुक्तानीमा मिलेमतो लगायतका समस्यालाई सुधार नगर्दासम्म बीमा क्षेत्रको विकास सम्भव नभएको उनकाे भनाइ छ ।

‘सगरमाथा आरोग्य स्वास्थ्य बीमा’ को उद्घाटन गर्दै बीमा समिति र इन्स्योरेन्सका अध्यक्ष

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने समितिका अध्यक्ष सिलवाले बताएका छन् ।

भिडियाे हेर्न यसमा क्लिक गर्नुहाेस्

सम्बन्धित समाचार

सगरमाथाको आरोग्य बीमा योजनाः १६ सय तिरे ७ लाखको दाबी पाइने, भुक्तानी १० दिनमै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.