मंगलबार नेपालभर ५१७ कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु

  २०७७ चैत ३१ गते १६:३२     विकासन्युज

काठमाडौं । मंगलबार नेपालभर ५१७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आज पीसीआर परिक्षण गर्दा ५१७ जना संक्रमित थपिएका हुन् ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ८० हजार ९८४ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितको संख्या ३ हजार ६०८ पुगेको छ ।

नेपालमा आजसम्म २३ लाख २७ हजार ६७० जनाको पीसीआर विधिबाट परिक्षण भएको छ । यस्तै आज १५३ जना निको भएसँगैं हालसम्म २ लाख ७४ हजार ३१८ जना निको भएर घर गइसकेका छन ।

पछिल्लो २४ घण्टामा ५ जनाको कारोनाको कारण मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.