बुद्ध एयरको दाबी सबै उडान संक्रमणरहित

  २०७७ चैत ३१ गते १३:५६     विकासन्युज

काठमाडौं । नीजि क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले आफ्ना सबै उडान संक्रमणरहित भएको जनाएको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्यामा बृद्धि भएसगैँ बुद्धले सबै उडान संक्रमणरहित भएको जनाएको हो ।

बुद्धले आज एक विज्ञप्ती जारी गर्दै, नेपालमा कोरोनान भाइरसका संक्रमितहरु देखिएको सुरुवाती चरण देखिनै कोभिड विरुद्धका ‘सुरक्षा निर्देशिका’ बनाई सुरक्षित रुपमा उडान सुरु गरेको भन्दै सुरक्षित भएको जनाएको छ ।

‘संक्रमणरहित हवाई यात्राका बुद्ध एयर प्रतिवद्ध छौं’ । यसका लागि उडानका क्रममा हरेक यात्रुको कोभिडसँग मिल्दोजुल्दो लक्षण पहिचान, तापक्रम चेकजाँच, ह्याण्ड सेनिटाइजको प्रयोग अनिवार्य बनाईएको बुध्द एयरका बजार निर्देशक रुपेश जोशी बताउँछन् ।

‘हामीले हरेक उडानको यात्रु डाटावेश कम्प्युटरकृति गरेका छौं । सरोकारवाला निकायले मागेको खण्डमा हामी तुरुन्तै दिनसक्छौं । यसले कोरोना रोकथाममा सहयोग पुग्ने अपेक्षा गरिएको छ’, उनले भने, ‘बुध्द एयर पूर्ण रुपमा सुरक्षित छ । तपाईहरु सुरक्षाका उपायहरु अपनाई ढुक्क भएर यात्रा गर्नसक्नुहुनेछ ।’

यसैगरी, बुद्धले उडान सहज सरल र संक्रमणरहित बनाउन यात्रुहरुको पनि उत्तिकै भूमिका रहेको भन्दै निर्देशिका पालना गर्न अनुरोध समेत गरेको छ ।

‘पहिलो लकडाउनको समयमा आम नेपालीहरु खाद्यान्न भ्यान, गाडी, एम्बुलेन्स आदि इत्यादीमा कोचिएर लामो यात्रा गर्न वाध्य भएका थिए । सुरक्षित उपायहरु अपनाईएका थिएनन् । परिणामतः संक्रमण धेरै देखिएको थियो । अब फेरि यस्तो लकडाउन दोहरिनु हुँदैन । सुरक्षित तथा संक्रमणरहित यात्राको व्यवस्था हुनुपर्छ’, विज्ञप्तीमा भनिएको छ ।

One comment on "बुद्ध एयरको दाबी सबै उडान संक्रमणरहित"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.