बैंकहरुले निक्षेपको व्याज ३.०७ प्रतिशतले घटाए, पुर्नकर्जाको सुविधा लिने साढे ४८ हजार पुगे

  २०७७ चैत ३० गते १८:५७     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७६ फागुनमा ४.३५ प्रतिशत रहेकोमा २०७७ फागुनमा १.२६ प्रतिशत रहेको छ । मौद्रिक नीतिको संचालन लक्ष्यको रुपमा लिइने औसत अन्तर–बैंक ब्याजदर २०७७ फागुनमा १.२६ प्रतिशत रहेको छ ।

वाणिज्य बैंकहरुको औसत आधार दर २०७६ फागुनमा ९.४५ प्रतिशत रहेकोमा २०७७ फागुनमा ६.८४ प्रतिशत कायम भएको छ ।
२०७७ फागुनमा वाणिज्य बैंकहरुकोनिक्षेपको भारित औसत ब्याजदर ४.७६ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ८.७३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्ता दरहरु क्रमशः ६.७७ प्रतिशत र ११.८० प्रतिशत रहेका थिए ।

यस्तै, चालु आवको ८ महिनामा ४८ हजार ८ सय ३१ जनाले पुर्नकर्जा सुविधा लिएका छन् । यस बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा २०७७ फागुन मसान्तमा ८८ अर्ब ८६ करोड रुपैयाँ लगानीमा रहेको छ । २०७७ फागुन मसान्तसम्ममा ७७ हजार १ सय ९६ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई १२४ अर्ब २८ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ ।

यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ३८ हजार ३ सय ५५ ऋणीलाई प्रवाह भएको ८८ अर्ब २९ करोड रुपैयाँ कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ३६ हजार ७ सय ६३ महिला उद्यमीलाई प्रवाह भएको ३२ अर्ब ९५ करोड रुपैयाँ कर्जा रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ७८ ऋणीको ३ अर्ब ५ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.