रेमिट्यान्स ८.६ प्रतिशतले बढ्यो, वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने ७४.८ प्रतिशतले घटे

  २०७७ चैत ३० गते १८:१३     विकासन्युज

काठमाडौं । नेपालमा रेमिट्यान्स आयात ८.६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ८ महिनाको तथ्यांकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ८.६ प्रतिशतले वृद्धि भई ६४२ अर्ब १४ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.० प्रतिशतले वृद्धि भई ५ अर्ब ४५ करोड पुगेको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह १.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७४.८ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४.२ प्रतिशतले बढेको थियो । यस्तै, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६५.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.७ प्रतिशतले घटेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.