चैतमा बैंकको बिजनेसः १ खर्ब २३ अर्बले बढ्यो कर्जा, निक्षेपमा ८७ अर्बको वृद्धि

  २०७७ चैत ३० गते १७:१४     विकासन्युज

काठमाडौं । चैत महिनामा वाणिज्य बैंकहरुको कर्जा लगानीमा उल्लेख्य प्रगति भएको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार चैत महिनामा वाणिज्य बैंकहरुले १ खर्ब २३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

फागुन मसान्तको तुलनामा चैतको मसान्तसम्म वाणिज्य बैंकहरुको कर्जा लगानी १ खर्ब २३ अर्बले बढेको हो । हालसम्म वाणिज्य बैंकहरुले ३५ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

यस्तै, हालसम्म वाणिज्य बैंकहरुको निक्षेप संकलन ३९ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ । फागुन मसान्तसम्म ३८ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले चैतको पहिलो सातामा ३८ खर्ब ४० अर्ब, दोस्रो सातामा ३८ खर्ब ५० अर्ब, तेस्रो सातामा ३८ खर्ब ९० अर्ब र चौथो सातामा ३९ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । फागुनकाे तुलनामा चैतमा कर्जा लगानी ८७ अर्बले बढेकाे हाे ।

यस्तै, चैतको पहिलो सातामा ३४ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले चैत दोस्रो सातामा ३४ खर्ब ६२ अर्ब, तेस्रो सातामा ३५ खर्ब १ अर्ब र चौथो सातामा ३५ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.