हकप्रद जारी गर्ने प्रकृया अघि बढाउँदै एक्सेल डेभलपमेन्ट बैंक, बिक्री प्रबन्धकमा एनआईबिएल एस

  २०७७ चैत ३० गते १२:१३     विकासन्युज

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्काशन गर्न बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ । विकास बैंकले ३० प्रतिशत हकप्रद निष्काशन गर्न एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

विकास बैंकको गत असार १४ गते सम्पन्न चौधौं वार्षिक साधारणसभाले सेयरधनीलाई १० बराबर ३ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्तावलाई पारित गरेको थियो । यससँगै संस्थाले एक सय अंकित दरको २४ लाख ३३ हजार कित्ता अर्थात २४ करोड ३३ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने छ ।

बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय काठमाडौंको लाजिम्पाटमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.