अब लगानीकर्ताले साउनदेखि मोबाइलबाटै सेयर किनबेच गर्न पाउने, मोबाइल एपसहितको नयाँ प्रणाली ल्याउँदै ब्रोकर

  २०७७ चैत ३० गते १०:२७     विकासन्युज

काठमाडौं । अब दोश्रो बजारका लगानीकर्ताले मोबाइलबाटै सेयर कारोबार गर्न पाउने भएका छन् । ब्रोकरले मोबाइल एपलिकेशनसहितको यो प्रणाली ल्याउने भएसँगै लगानीकर्ताले आगामी साउन १ गतेदेखि मोबाइलबाटै सेयर किनबेच गर्न पाउने भएका हुन् ।

धितोपत्र व्यवसायीको छाता संगठन स्टक ब्रोकर्स एशोसियशन अफ नेपालले सम्बन्धित पक्षहरुको उचित सहयोग प्राप्त भएमा लगानीकर्ताले आगामी साउन १ गतेदेखि मोबाइलबाटै सेयर किनबेच गर्न पाउने बताएको छ । साथै, संस्थाले नयाँ कारोबार प्रणाली (टीएमएस) ल्याउने प्रकृया अगाडि बढाएको छ ।

एशोसिएशनले संयुक्त पहलमा दशभन्दाबढी राष्ट्र राष्ट्रहरुमा प्रयोग भईरहेको कारोबार प्रणाली ल्याउने सम्झौतागरि उक्त प्रणाली लोकरलाईजेशन/कष्टोमाईजेशन गर्ने काम तीर्व गतिमा अघि बढेको बताएको छ । कारोबारमा निहित जोखिम व्यवस्थापन गर्न र लगानीकर्ताले कारोबार गर्दा व्याहोर्नु पर्ने दुःख अत्य गर्न संस्थाले नयाँ प्रणाली ल्याउन लागेको हो ।

मल्टी एसेट, मल्टी एक्स्चेञ्ज ट्रेडिङ्ग प्लायटफर्म रहेको उक्त प्रणालीमा सेयर, डिबेन्चर, बण्ड, डेरिभेटिभ्स, करेन्सी लगायत विभिन्न उपकरणहरुको कारोबार एक वा एक भन्दा बढी स्टक वा डेरिभेटिभ्स एक्सचेन्जमा एकैसाथ गर्न सकिने छ । साथै मोबाइल एपलिकेशन सहितको यो प्रणालीले लगानीकर्ताहरुलाई कारोबार गर्न सहजता प्रदान गर्ने संस्थाको विश्वास रहेको छ ।

अर्थतन्त्र, बजार तथा सूचीकृत कम्पनीको आधारभूत तथा प्राविधिक विश्लेषण गर्न सकिने गरि यस प्रणालीमा तथ्याङ्कहरु राखिने छन् । त्यस्तै, लगानीकर्ताहरुले आफ्नो कारोबारको सम्पूर्ण हरहिसाव तथा आफ्नो पोर्टफोलियो तथा नाफा घाटाको अवस्था पनि यसै प्रणाली मार्फत हेर्न पाउने व्यवस्था रहने एशोसिएशनले जनाएको छ । स्टप लस, टेक प्रफिट, आफ्टर मार्केट अडर, अल्गोरिदमिक वा हाई फ्रिक्वेन्सी ट्रेडिङ्ग जस्ता आदेश व्यवस्थापन बिशेषताले गर्दा कारोबार गर्न सहज हुने संस्थाले जानकारी गराएको छ ।

One comment on "अब लगानीकर्ताले साउनदेखि मोबाइलबाटै सेयर किनबेच गर्न पाउने, मोबाइल एपसहितको नयाँ प्रणाली ल्याउँदै ब्रोकर"

  • लुरे says:

    बैंकलाई ब्रोकर licence दिने प्रक्रियामा तगारो हाल्ने तरिका गज्जब छ लगानीकर्ता माराहरुको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.