काठमाडौंको ३६० दृश्यको आनन्द लिन सकिने ताहिना टेरेस चैत ३१ गतेदेखि खुल्दै

  २०७७ चैत २९ गते १९:२१     विकासन्युज

काठमाडौं । काठमाडौं म्यारियट होटलको नयाँ पूर्वी मेडीटेरियन रेस्टुरेन्ट, ताहिना टेरेस अप्रिल १३ अर्थात आगामी चैत ३१ गतेदेखि खुल्ने भएको छ । यो टेरेस सो दिनदेखि साँझ ४ बजेदेखि रातीको १० बजेसम्म सार्वजनिक रुपमा खुला हुन लागेको हो ।

उक्त टेरेसबाट हिमालको काठमाडौं शहरको ३६० दृश्यको आनन्द लिन सकिनेछ । साँझको लागि भर्खरको बनाइएको पूर्वीय मेडीटेरियन स्नाक्स, सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ । मेज्जे प्लेटर र रमाईलो बारबेक्यु र कबाबहरु खानेहरुको लागि यो एउटा उत्तम स्थल हो ।

काठमाडौं शहरको पूर्ण सौन्दर्यता महसुस गर्न सकिने यस ताहिना टेरेसबाट पहाडको सूर्यास्त देख्न सकिने छ ।

ताहिना टेरेसले आरामदायक भाइब्स, फल्टलेस सर्विस, स्वादिलो खाना र पेय पदार्थहरुको अफर गर्दछ । यस भेन्यूको केही मुख्य हाइलाटहरु भनेका यसका क्याजुअल लाउन्ज एम्बियन्स, ट्रेन्डी शिश, फियूजन सिग्नेचर ककटेलको साथ ताजा बेक्ड मानकिश र अठेन्टिक अरबीक ग्रीलहरु हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.