प्रधानमन्त्री बिरुद्ध उभिन दबाब बढेपछि जासपाले थाल्यो आन्तरिक छलफल

  २०७७ चैत २९ गते १८:४०     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री बिरुद्ध उभिन दबाब बढेपछि जनता समाजवादी पार्टीले आन्तरिक छलफल थालेको छ । आइतबार काठमाडौँमा उपलब्ध जसपा पदाधिकरिले बिहिबार भएको ३ दल बीचको बार्ता बारे छलफल गरेका हुन् ।

प्रधानमन्त्री केपी ओली बिरुद्ध उभिन नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रले दबाब बढाए पछि जनता समाजबादी पार्टीले छलफल थालेको छ । वर्तमान सरकारलाई हेर्ने दृष्टिकोणमा जसपा भित्र स्पष्ट दुई मत रहेको छ । बैठक पछि संचारकर्मीहरु संग कुरा गर्दै अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार बिरुद्ध उभिनुको विकल्प नरहेको भन्दै छलफल ३/४ दिन अझै चल्ने बताए ।

जसपा भित्र अध्यक्ष महन्थ ठाकुर राजेन्द्र महतो लगाएतका नेता प्रधानमन्त्रीसँग सत्ता साझेदारीको बिषयमा सघन बार्तामा छन् भने उपेन्द्र यादव बाबुराम भट्टराई लगायतका नेताहरु सरकार बिरुद्ध मोर्चाबन्दी गर्ने पक्षमा उभिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.