उद्यमी विकास दुगड ‘प्रबल जनसेवी श्री पदक’ विभूषणबाट सम्मानित

  २०७७ चैत २९ गते १३:१७     विकासन्युज

काठमाडौं । केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक विकास दुगड ‘प्रबल जनसेवी श्री पदक’ विभूषणबाट सम्मानित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई उक्त पदकबाट सम्मानित गरेकी हुन् ।

गत चैत २७ गते शुक्रबार राष्ट्रपति कार्यालय, शीतल निवास, महाराजगञ्जमा आयोजित विभूषण सुशोभन विशेष समारोहमा राष्ट्रपति भण्डारीले दुगडलाई उक्त विभूषणबाट सम्मानित गरेकी हुन् ।

युवा उद्यमी तथा समाजसेवी विकास दुगडलाई मुलुकको समग्र औद्योगिक व्यवसायिक क्षेत्रमा पुर्याएकाे योगदानको कदर स्वरूप सो मानपदवी प्रदान गरिएको हो ।

नेपाल सरकार, गृह मन्त्रालयले गत वर्षको असोज ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) का अवसरमा दुगडलाई उक्त विभूषणबाट सम्मानित गर्ने घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.