मनकामना केबलकार सोमबारदेखि पुनः सञ्चालनमा आउने

  २०७७ चैत २९ गते ११:४६     विकासन्युज

काठमाडाैं । मनकामना केबुलकार मर्मत सम्भार पश्चात् सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । केबुलकारले जारी गरेको सूचनामा केबलकार चैत्र ३१ गते मंगलबारसम्मको लागी बन्द गरिने भनिएको थियो ।

मनकामना दर्शन प्रालिले शनिबार सूचना जारी गर्दै प्रथम चरण मध्येको कार्य अनुमानित समय भन्दा १ दिन अगावै सम्पन्न भएकोले चैत्र ३१ गते सञ्चालनमा गर्ने भनिएको केबलकार चैत्र ३० गते सोमबार बाटै सञ्चालनमा आउने जानकारी दिएकाे हो ।

२०५५ साल मंसिर ८ गते देखी सञ्चालनमा आएको मनकामना केबलकारले २३ वर्ष पुरा गरे सँगैं नयाँ प्रविधिमा सञ्चालन गर्ने गरी कामको थालनी गरेको छ । पुरानै प्रविधिमा सञ्चालनमा ल्याउँदा सञ्चालन खर्च बढ्ने भन्दै कम्पनीले नयाँ प्रविधिमा केबलकार सञ्चालन गर्न लागेको हो ।

केबुलकारका सञ्चालक मध्येका एक राजेशबाबु श्रेष्ठका अनुसार पहिलो चरणमा अति आवश्यक र मर्मत नगरिनहुने सामान फेरिने र दोश्रो चरणमा नयाँ प्रविधिकोलागी पूर्वाधार तथा केही सामान थप्ने तथा तेस्रो चरणमा एनालग प्रविधिबाट डिजिटल प्रविधिमा लैजाने गरी मर्मत थालिएको हो ।

अबको २ बर्ष भित्रै केबलकार डिजिटल प्रविधिमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.