चेम्बरकाे कार्यसमितिमा राजेन्द्र अर्याल निर्वाचित

  २०७७ चैत २९ गते ११:२६     विकासन्युज

काठमाडौं । विज्ञापन व्यवसायी तथा त्रिकोण एडभर्टाइजिङका प्रबन्ध निर्देशक राजेन्द्र अर्याल नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति सदस्य निर्वाचित भएका छन् ।

चेम्बरको ७०औं वार्षिक साधारणसभाका क्रममा भएको निर्वाचनबाट अर्याल कार्यसमिति सदस्य निर्वाचित भएका हुन् ।

एनआइसी एसिया बैंकमा सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समेत रहेका अर्याल लामो समयदेखि नेपाल चेम्बर अफ कमसको कार्यसमितिमा रहँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.