दराजको नव वर्ष भव्य सेल योजना सुरु, हरेक सामानमा भव्य छुट

  २०७७ चैत २९ गते ९:३७     विकासन्युज

काठमाडाैं । दराजले नव वर्षको भव्य सेल याेजना बजारमा ल्याएकाे छ । कम्पनीकाे अनुसार याे अभियान आज(चैत २९) मध्यरातदेखि बैशाख ७ गतेसम्म चल्ने छ ।

नयाँ वर्षको भव्य सेल अभियानमा विभिन्न उत्पादनहरुमा विशेष छुट पाइनेछ । जस्तै ४६ हजार ७२० रुपैयाँ पर्ने वल्पुल डबल डोर फ्रिज मात्र जम्मा ३८ हजार ९९९ रुपैयाँमा पाइनेछ ।

यस अभियानको बैंक पार्टनर रुपमा नबिल बैंक, सानिमा बैंक, एनएमबि बैंक, मेगा बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सनराइज बैंक, एनआइसी एसिया बैंक, स्ट्याण्डर्ड चार्टड बैंक र हिमालयन बैंक रहेकाे छ । यि बैंकहरुकाे डेबिट र क्रेडिट कार्ड प्रयाेग गरेर सामान खरिद गर्ने ग्राहकहरुले १५ देखि २० प्रतिशतसम्मकाे छुट पाउनेछन् ।

बिल बैंकस् डेबिट कार्डमा १५ प्रतिशत ९रु १०००० सम्म छुट र क्रेडिट कार्डमा २० प्रतिशत ९ रु ।१५००० सम्म छुट

साथै ग्राहकहरुले आफ्नो ई-सेवा वालेटको माध्यमबाट भुक्तानी गरे सीमित घण्टाको लागि रु ५०० सम्मको विशेष छुट पाउन सक्नेछन् ।

यसबाहेक, भिसा कार्डवालाहरुले दराजमा आफ्नो पहिलो खरीदमा पूर्व-भुक्तानी गर्दा २० प्रतिशत छुट पाउनेछन। यसैगरी एनआईसी बैंक, सनराइज बैंक लिमिटेड, सिटिजन्स बैंक र माछापुच्छे बैंकका ग्राहकहरूले ० प्रतिशत ब्याज दरमा सजिलो मासिक किस्तमा इएमआइ लिन सक्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.