फेरि लकडाउन हुँदैन भन्न मिल्दैन: प्रधानमन्त्री ओली

  २०७७ चैत २८ गते १३:५५     विकासन्युज

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) बाट सचेत रहन आग्र गरेका छन् । शनिबार नेपाल उद्योग वाणिज्य महासंघको ५५औँ वार्षिक साधारणसभामा बोल्दै उनले फेरि भाइरसको संक्रमण बढेकोले सतर्कता अपनाउने आग्रह गरेका हुन् ।

जीवन पहिलो प्राथमिकता रहेको भन्दै उनले सबैले आफ्नो स्वास्थ्यको ख्याल गर्न अनुरोध गरे । यसका साथै उनले संक्रमण बढ्दै गएकोले लकडाउन हुन सक्दैन भन्न नमिल्ने बताएका छन् ।

‘सचेत नबने फेरि लकडाउनमा नहुन सक्छ भन्न मिल्दैन, अहिले नै सतर्कता अपनाऔं, आफैँ सचेत बनौँ,’ उनले भने ।

कार्यक्रममा उनले सुरूवाती समयदेखि नै कोभिडको संक्रमण कम गर्न सरकार सफल भएको दावी पनि गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.