महासंघको भिजन पेपर सार्वजनिक, १ सय खर्बको अर्थतन्त्र, २२ लाखलाई रोजगारी

  २०७७ चैत २८ गते १२:३०     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ –एफएनसीसीआई) का अध्यक्ष शेखर गोल्छाले महासंघको भिजन पेपर सार्वजनिक गर्दै १ सय खर्बको अर्थतन्त्र बनाउने उद्धेश्य रहेकाे बताएका छन् ।

आज राजधानी भएको महासंघको ५५औं वार्षिक साधारण सभामा उनले महासंघको भिजन पेपर सार्वजनिक गर्दै १० वर्षमा मुलुकको अर्थतन्त्र १०० अर्ब डलरको हुने बताएका हुन् ।

उनले भिजन पेपर सार्वजनिक गर्दै त्यसका लागि १ सय ५० अर्ब लगानी हुने बताए । त्यसमा १०८ अर्ब डलर निजी क्षेत्रबाट हुने उनले बताए ।

भिजन पेपरका अनुसार १० वर्षमा २२ लाखले रोजगारी पाउने छन् । भिजन पेपरमा १४ वटा कानूनमा सुधारको समेत माग गरिएको छ ।

भिजन पेपर २०३० सम्ममा विश्वमा विभिन्न देशलाई हेर आर्थिक विकासको आधार तयार गर्ने,कृषि क्षेत्र, उद्योग, उत्पादन तथा सेवा क्षेत्रलाई आवश्यकता र प्राथमिकताका साथ गर्ने गोल्छाको भनाई छ ।

‘हामी लाभ हुने क्षेत्र, बजारको रणनीत, सम्भावनाको खोजी र त्यसको कार्यान्वयनको लागि सुक्ष्म अध्ययन गरेर अगाडि बढ्छौं, हामीले मुख्य प्राथमिकताका क्षेत्रहरु पहिचान गरेर काम गर्छौं,’ अध्यक्ष गोल्छाले भने ।

उनले देशको आर्थिक विकासका लागि कोभिड पछिको आर्थिक पुनरुत्थान, नीतिगत सुधार, प्रतिस्पर्धी बजार रणनीति, लगानी प्रवद्र्धन, अन्तर्राष्ट्रिय व्यापार ग्रोथ, साना तथा मझौता व्यवसायीको आर्थिक विकास, पूर्वाधार विकास, ज्ञानमुलक अर्थतन्त्र, श्रम व्यवस्थापन र क्षमता विकास र जिम्मेवार निजी गरी १० वटा पिलरहरु सम्झेर काम गर्ने बताए ।

अबको महासंघ तथ्यांक र भिजन सहितको भएकोले सबै उद्योगी व्यवसायीहरुको हकहितका लागि लागि पर्ने उनको भनाई छ ।
अर्थतन्त्रको विकासका लागि महत्वका हिसावले प्राथमिकीकरण गर्ने, लाभका क्षेत्रलाई पहिचान गर्ने देखि उत्पादनमुखि परियोजनाहरूमा देशी विदेशी लगानी र अनुसन्धानलाई समेत अघि बढाइने योजना भिजन पेपरमा उल्लेख छ ।

यसका साथै महासंघले मुलुकमा निजी क्षेत्रको विकाससँगै प्रयाप्त कल कारखानाको विकास गर्दै प्रति वर्ष अधिकतम ४ लाख रोजगारीको सिर्जना गर्ने महत्वाकांक्षी योजना बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.