सामाजिक सुरक्षा कोष: जागिर छोड्दा पैसा फिर्ता पाइने, ८० प्रतिशत विशेष सापटीको सुविधा

  २०७७ चैत २८ गते ११:३९     विकासन्युज

काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्ताको रकम फिर्ता पाउने व्यवस्था गरेको छ । कोषले कार्यविधि संसोधन गर्दै योगदानकर्ताले जागिर छाडेमा कोषमा जम्मा भएको रकम फिर्ता पाउने व्यवस्था गरेको हो ।

सामाजिक सुरक्षा कोषले सूचना जारी गर्दै पैसा फिर्ता पाउने जानकारी गराएको छ । यस्तै, कोषले योगदानकर्ताको कोषमा जम्मा भएको रकमको ८० प्रतिशतसम्म विशेष सापटी सुविधाको समेत व्यवस्था गरेको छ ।

कोषले योगदानकर्ताको कोषमा जम्मा हुने आधारभुत पारिश्रमिकको २८.३३ प्रतिशत रकमलाई निवृत्तभरण योजनामा २० प्रतिशत र अवकास सुविधा यार्जनामा ८.३३ प्रतिशत रकम जम्मा हुने व्यवस्था गरेको छ ।

यस्तै कोषले २०७८ असार मासान्त भित्र योगदन सुरु गर्ने योगदानकर्ताहरुले चाहेमा निवृतभरण अन्तर्गतको २० प्रतिशत रकम समेत अवकास  सुविधा योजनामा हस्तानतरण गर्न सक्ने व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.