भूमाफियाले कब्जा गरेको जग्गा फिर्ता ल्याउन सरकार सफल

  २०७७ चैत २७ गते १८:४८     विकासन्युज

काठमाडौं । गुठीको नाममा भूमाफियाले कब्जा गरेको जग्गा सरकारले फिर्ता ल्याउन सफल भएको छ । काठमाडौंको कालोपुल क्षेत्रमा नदिले धार परिवर्तन गर्दा छुट्टिएको आठ रोपनी जग्गा सरकारले आफ्नो स्वामित्वमा ल्याएको हो ।

धोवी खोलाले धार परिवर्तन गर्दा बचेको जग्गलाई भूमाफियाले अवैध गुठी बनाई स्वामित्व परिवर्तन गरेका थिए । यसरी भूमाफियाले जग्गाको स्वामित्व परिवर्तन गर्दा स्थानीयले विरोध गरेपनि मातहतका कार्यालयले भूमाफियाको पक्षमा निर्णय गर्दा जग्गा माफियाको कब्जामा पुगेको थियो ।

२०७६ फागुन १३ गते सार्वोच्च अदालतले उक्त जग्गा सरकारको नाममा ल्याउने गरी फैसला गरेपछि मालपोत कार्यालयले २०७७ चैत्र २ गते सरकारको नाममा नामसारी गरेको छ । जग्गा फिर्ता भएपछि साइनबोर्ड (संकेत चिन्ह) राख्न पुग्नु भएका उपप्रधानमन्त्री ईश्वर पोखरेलले भूमाफियाको कब्जामा पुगेका सबै सरकारी जग्गा सरकारको नाममा फिर्ता ल्याउने अभियान नै चलाइएको बताए । देशका विभिन्न ठाउँमा अतिक्रमण भएका जग्गालाई सरकारको नाममा ल्याउने काम भइराखेको पनि बताए ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले बदनियतपूर्ण ढङ्गले सरकारी जग्गा अतिक्रमण गरेर व्यक्तिको नाममा लगिएका देशभरका सबै जग्गालाई सरकारको नाममा ल्याउने बताए ।

सो अवसरमा रातोपूल क्षेत्रका स्थानीयहरुले भने बदनियतपूर्ण ढङ्गले सरकारी जग्गा हिनामिना गर्ने व्यक्तिलाई कारबाही गर्न माग गरेका छन् ।

अतिक्रमणमा परेका जग्गालाई सरकारको नाममा ल्याउने क्रममा प्रक्रिया पुर्याउँदा केही ढिलो हुने गरेको भएपनि सबै अतिक्रमित जग्गालाई सरकारको नाममा ल्याउने अभियान शुरु भइसकेको मन्त्री तुम्बाहाङ्फेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.