डिशहोमको ‘खुशीको उडान’ योजना अन्तर्गत दुई जोडीले पाए बैंकक घुम्ने अवसर

  २०७७ चैत २७ गते १८:३३     विकासन्युज

काठमाडौं । डिशहोमले नेपालीको विभिन्न उत्सवलाई मध्यनजर गर्दै “खुशीको उडान” योजना शुरु गरेको छ । यस योजनाको लक्ष्य हरेक सक्रिय ग्राहकलाई हरेक बिहीबार खास उत्साह र खुशी प्रदान गर्नु हो ।

यस योजना अन्तर्गत हरेक हप्ताको बिहीबार हुने लक्की ड्रबाट दुई भाग्यशाली जोडीहरुले बैंककको भ्रमण गर्न सक्नेछन् । लक्की ड्रमा सहभागी हुने ग्राहकहरुले आफ्नो सदस्यतालाई डिशहोमका डिलरहरु मार्फत फन्ड ट्रान्सफरबाट टप अप गरेका हुन्छन् । साथै इ-वालेट एप्स् र रिचार्ज कार्डहरुबाट रिचार्ज गरेर पनि ग्राहकहरु यस योजनामा सहभागी हुन्छन् । ग्राहकहरुले वार्षिक रिचार्जमा विशेष छुट पनि प्राप्त गर्न सक्छन् ।

डिशहोम लक्की ड्रको पहिलो प्रत्यक्ष प्रसारण चैत २६, २०७७ मा पाँच बजे डिशहोमका रियालिटी टिभी, रमाइलो टिभी, सरोकार टिभी र डिशहोम सोकेस च्यानलहरुमा भयो । पहिलो प्रत्यक्ष लक्की ड्रको विजेता ग्राहकहरु सीएएस आईडी नं. ०२५५८१३३९६० र सीएएस आईडी नं. ०२५१९२५०८८५ हुन् ।

डिशहोमा अब अर्को प्रत्यक्ष प्रसारण २०७८ बैशाख २ गते बिहीबार माथि उल्लेखित च्यानलहरुमा नै हुनेछ । सबै सक्रिय ग्राहकहरु यस लाइभ लक्की ड्रमा सहभागी हुन सक्नेछन् । ग्राहकले आफ्नो नजिकैको डिशहोम डिलर वा डिशहोम ग्राहक सेवा केन्द्रमा सम्पर्क गरी योजनाका बारेमा थप आधिकारिक जानकारी प्राप्त गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.