टेलिकमका कर्मचारीलाई मन्त्री गुरूङले भने- अधिकार खोसिन लाग्यो भनेर नआत्तिनुस्

  २०७७ चैत २७ गते १७:५३     विकासन्युज

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले टेलिकमका कर्मचारीलाई अधिकार खोसिन लाग्यो भनेर नआत्तिन आग्रह गरे गरेका छन् ।

नेपाल दुरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको दोस्रो वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री गुरुङले टेलिकमको सञ्चालक समितिले रणनीतिक व्यवस्थापन पार्टनर ल्याउने निर्णय गरिसकेकोले त्यसबाट अधिकार खोसिन लाग्यो भनेर नआत्तिन कर्मचारीलाई आग्रह गरेका हुन् ।

त्यस्तै, कुनै कर्मचारीले रणनीतिक व्यवस्थापन पार्टनर ल्याउने कार्यलाई रोक्ने प्रयास गरे सरकारले कर्मचारीलाई सहयोग नगर्ने पनि स्पष्ट पारे ।

टेलिकमभित्र पार्टीगत रुपमा सङ्गठन निर्माण नगर्न पनि कर्मचारीहरुलाई निर्देशन दिए । पार्टीगत रुपमा राजनीति गर्ने भन्दा समग्रमा टेलिकमको हितमा सोच्न पनि आग्रह गरे ।

साथै, उनले नेपाल टेलिकमको पुनरसंरचना गर्नुपर्ने बताएका छन् । टेलिकमलाई सुधार नगर्दासम्म मुलुकको हित नहुने भएकाले पुनरसंरचना गर्नुपर्ने उनकाे भनाइ छ । त्यसका लागि आफू तयार रहेको पनि उनको भनाइ छ ।

मन्त्री गुरुङले नयाँ आर्थिक वर्षमा नयाँ ढङ्गले नेपाल टेलिकमको रुपान्तरण गर्ने प्रस्ताव ल्याउन कर्मचारीहरुलाई निर्देशन पनि दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.