निर्देशन मात्र पर्खने होइन, प्राप्त जिम्मेवारी पूरा गर्नुस्  : मन्त्री गुरुङ

  २०७७ चैत २७ गते १७:१५     विकासन्युज

काठमाडौं । सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुुरुङले ‘सुुखी नेपाली, समृद्ध नेपाल’ को राष्ट्रिय अभियानलाई साकार तुल्याउन परिवर्तन र रुपान्तरणकारी कार्यक्रम कार्यान्वयनमा उत्साहपूूर्वक जुट्न आह्वान गरेका छन् ।

मन्त्रालयको चालुु आर्थिक २०७७/७८ को चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले पूर्वाधार निर्माणमा बजेट कार्यान्वयनका हिसाबले यो वर्षलाई सफल वर्षका रुपमा स्थापित गर्न सुुझाव दिए । उनले भने, ‘निर्देशन मात्र पर्खने होइन, राष्ट्रसेवकले आफ्नो जिम्मेवारी पूरा गरेमा देश र जनताको भलो हुुन्छ, बजेटमा समेटिएका कार्यक्रम समयमै पूरा हुन ।’

नीति तथा कार्यक्रमलाई बजेटले तथा बजेटलाई कार्यविधिले आत्मसात् गरेन भने विकास र समृद्धिका मुुद्दा ओझेलमा पर्न सक्नेतर्फ सचेत रहन निर्देशन दिँदै मन्त्री गुुरुङले रुपान्तरण र प्रगतिका मार्गमा आउन सक्ने बाधा र चुनौतीको समयमै पहिचान गरी कार्यसम्पादन गर्न मन्त्रालय तथा मातहतका निकायका पदाधिकारीलाई सल्लाह दिए ।

‘करार सम्झौता अनुुसारको कार्यप्रगति मूूल्याङ्कन गरिने प्रणालीलाई चुुस्त बनाउन आवश्यक छ, असारे विकास प्रवृत्तिलाई हटाउन कार्यतालिका बनाएर काम गर्नुुपर्छ, चैतमा आएर कार्यविधि बनाउने तरिकाले विकास र समृद्धिको लक्ष्य पूरा गर्न सकिन्न । दूरसञ्चार क्षेत्रको सेवा र गुुणस्तरमा व्यापक सुुधार ल्याउनुुपर्छ’, उनले भने ।

मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले पूूँजीगत खर्चको स्थितिले कार्यप्रगति सन्तोषजनक मान्ने अवस्था नभएको बताए । ‘अरूको तुुलनामा सञ्चार तथा सूूचना प्रविधि मन्त्रालयको बजेट ज्यादै कम छ, प्राप्त बजेट पनि खर्च नहुने हालको स्थितिमा व्यापक सुुधारको खाँचो छ, अहिलेको स्थितिले निरास तुल्याएको छ, डाटा सेन्टरको क्षमता बढाउनुपर्छ’, उनले भने ।

छलफलमा मन्त्रालय र मातहतका निकायमा दोस्रो चौमासिक अवधिमा चालुु खर्च ७८.९५ र पूूँजीगत खर्च ८.१९ प्रतिशत भएको जनाईएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.