शुक्रबार २८८ जना कोरोना संक्रमित थपिए

  २०७७ चैत २७ गते १६:४४     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा २ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ४ हजार ७१ जनाको पीसीआर परीक्षण गर्दा २ सय ८८ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयको तथ्यांक अनुसार २४ घण्टाकाे अवधिमा १ सय २७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने मृत्यु हुनेको संख्या शून्य रहेको छ ।
यसैगरी, २६ सय १५ जना आइसोलेसनमा छन् भने ८४ जना क्वारेन्टिनमा रहेका छन् ।

नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ७९ हजार ३८८ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितको संख्या १ हजार ८३२ पुगेको छ भने  हालसम्म २ लाख ७३ हजार ७०५ जना निको भएर घर गइसकेका छन् ।

बिहीबार ३३२ जना कोरोना संक्रमित थपिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.