राजेन्द्र मल्ल चेम्बर अफ कमर्शको अध्यक्ष, विशिष्टलाई समेट्दै ५५ जनाको कार्यसमिति

  २०७७ चैत २७ गते १६:३२     विकासन्युज

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित भएका छन् । कार्यसमितिका निर्वाचित सदस्यहरूको शुक्रबार बसेको प्रथम बैठकले मल्लको नेतृत्वमा पदाधिकारी चयन गरेको हो ।

चेम्बरको ५५ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कमलेश कुमार अग्रवाल निर्वाचित भएका छन् । उपाध्यक्षमा वाणिज्यतर्फ दीपक कुमार मलहोत्रा, उद्योगतर्फ उर्मिला श्रेष्ठ, जिल्ला नगरतर्फ दीपक श्रेष्ठ, बस्तुगत संघबाट सुरेन्द्र कुमार श्रेष्ठ र संस्थागत उद्योग वाणिज्य संघबाट त्रिभुवनधर तुलाधर निर्वाचित भएको नेपाल चेम्बर अफ कमर्शले जनाएको छ ।

चेम्बरले विभिन्न क्षेत्रका विशिष्ट व्यवसायीलाई समेट्दै  ५५ सदस्यीय कार्यसमिति सहमतिमा चुनेकाे हाे । कार्यसमितिका निर्वाचित सदस्यहरूले शुक्रबार नै पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् ।

चेम्बर अफ कमर्शको विधान अनुसार वाणिज्य तर्फ १५ जनामा कमलेश कुमार अग्रवाल, दिपक कुमार मल्होत्रा, मनोज कुमार केडिया, निलकण्ठ चौलागाई, सन्तोष कुमार पाण्डे, नवराज ढकाल, राष्ट्रभुषण चाकुबजी, राजु श्रेष्ठ, दिपक काजी तुलाधर, सुरेन्द्र कुमार सारदा, निरज राई, राम श्रेष्ठ, टिकाराम शर्मा ढुंगेल, अशोक कुमार अग्रवाल र कैलाशचन्द्र गोयल निर्वाचित भएका छन् ।

त्यस्तै उद्योग तर्फ ९ जना सर्बसहमतिमा निर्वाचित भएका छन् । त्यसमा राजेन्द्र मल्ल, राजेन्द्र प्रसाद अर्याल, किशोर कुमार अग्रवाल, सुमित कुमार अग्रवाल, सुवास चन्द्र संघाई, नरेन्द्र बल्लभ पन्त, सुधिर मित्तल, उर्मिला श्रेष्ठ र दिपेश रत्न तुलाधर रहेका छन् ।

जिल्ला तर्फको कार्यसमिति सदस्यमा ओम कृष्ण विमली, विजय साह, पंकज जालान, दीर्घमान श्रेष्ठ, महादेव पोखरेल, भाईचन्द्र श्रेष्ठ, दिपक श्रेष्ठ, भिमलाल पौड्याल, सतिस कुमार अग्रवाल, रोसन भोयद्यो, नन्द कुमारी लम्साल(निर्मला), सुगन्ध कुमार गुप्ता, सुशिल पाण्डेय, तुफान खड्का (तिलक) र कृष्णमान श्रेष्ठ निर्वाचित भएका छन् । यस समूहमा पनि १५ जना निर्वाचित हुने व्यवस्था रहेको चेम्बरले जनाएको छ ।

नगर तर्फ मन्जु बज्राचार्य, बस्तगत संघ तर्फ अर्जुन प्रसाद शर्मा, सुरेन्द्र कुमार श्रेष्ठ, रमेश महर्जन, मृगेन्द्र मेहेर श्रेष्ठ, रत्नतारा तुलाधर, मनोहर दास मुल, संजय कुमार अग्रवाल, सुरेन्द्र भाई शाक्य र किरण कुमार डंगोल निर्वाचित भएका छन् ।

द्विराष्ट्रिय संस्थागत त्रिभुवन धर तुलाधर, दिपक कुवर र विनायक शाह, आवद्ध तर्फ देबेन्द्र भक्त श्रेष्ठ, राजारत्न तुलाधर र पर्शुराम दाहाल सर्बसहमतिमा निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.