ज्योति लाईफ इन्स्योरेन्सद्वारा भक्तपुर नगरपालिकाका कर्मचारीको मृत्यु दावी भुक्तानी

  २०७७ चैत २७ गते १६:००     विकासन्युज

काठमाडौं । ज्योति लाईफ इन्सुरेन्सले भक्तपुर नगरपालिकाका कर्मचारी स्वर्गीय रामकृष्ण नायजुको मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले सामुहिक म्यादी जीवन बीमा दावी भुक्तानी बापतको ५ लाख ५० हजार रुपैयाँ स्व नायजुका श्रीमती रमा नायजुलाई चैत २५ गते प्रदान गरेको हो ।

भक्तपुर नगरपालिकामा सम्पन्न उक्त कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतीले भक्तपुर नगरपालिका तथा ज्योति लाईफका पदाधिकारीको उपस्थितिमा बीमा दावी भुक्तानी बापतको रकम हस्तान्तरण गरेका हुन् ।

स्व नायजुको गत फागुन २४ गते अकस्मात निधन भएको थियो । नगरपालिकाका कर्मचारीहरु कुनै पनि आकस्मिक वा बिपदको परिस्थितीमा पनि निरन्तर सेवामा रहने हुँदा कर्मचारी तथा कर्मचारीको परिवारको आर्थिक सुरक्षार्थ सम्पूर्ण कर्मचारीहरुको सामुहिक म्यादी जीवन बीमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीमा गरिएको थियो ।

ज्योति लाईफले आफ्नो स्थापनादेखि नै विभिन्न कार्यालयमा काम गर्ने कर्मचारीको आवश्यकता एवम बजेटको आधारमा विभिन्न सुविधा लिन मिल्ने गरी कर्मचारीहरुको सामुहिक म्यादी जीवन बीमा योजनाको सेवा बिक्री गर्दै आएको छ । ज्योति लाईफले सार्वजनिक तथा अन्य सेवामा अनवरत खटिने कर्मचारीको लागि सुलभ तथा सहुलियत पूर्ण बीमा सेवा प्रदान गर्ने कार्यलाई आफ्नो प्राथमिकमा राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.