गृहमन्त्री थापालाई पनि कारवाही, मन्त्री पद के हाेला ?

  २०७७ चैत २७ गते १४:५०     विकासन्युज

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादललाई कारबाही गरेको सूचना संघीय संसदलाई दिएको छ ।

नेकपा एमाले प्रवेश गरेका गृहमन्त्री थापाले माओवादी केन्द्र दल परित्याग गरेको सूचना संसद् सचिवालयमा पठाएको हो । थापाले दल त्याग गरेको पत्र माओवादी केन्द्रका राष्ट्रिय सभा दलका नेता दिनानाथ शर्माले संघीय संसद सचिवालयलाई बुझाएका हुन् ।

अब बस्ने राष्ट्रयसभा बैठकमा राजनीतिक दलसम्बन्धी ऐनअनुसार उनको राष्ट्रियसभा सदस्य पद रिक्त हुनेछ । सासंद नभएकाे व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री हुन पाउँदैन । उनी सासंद नरहे पनि ६ महनासम्मका लागि मन्त्री भने हुन पाउने छन् ।

त्यस्तै माओवादी केन्द्रले एमालेमा गएका राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्कालाई पनि कारबाही प्रक्रिया अगाडि बढाएको छ। उनलाई कारबाहीका लागि २४ घण्टे स्पष्टीकरण सोधिएको शर्माले जानकारी दिए ।

यसअघि माओवादी केन्द्रले एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई कारवाही गरीसकेको छ । केन्द्रको कारवाही पछि उनीहरुको प्रतिनिधिसभा सदस्य पद खारेज भएको थियो । बिहीबार पदमुक्त भएका चारै जना मन्त्रीले पुनर्नियुक्ति पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.