पद खोसिएका ४ मन्त्रीलाई राष्ट्रपतिले गरिन् पुनर्नियुक्त, कसलाई कुन मन्त्रालयकाे जिम्मेवारी ?

  २०७७ चैत २७ गते १४:३२     विकासन्युज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चारजना मन्त्रीलाई मन्त्री पदमा नियुक्त गरेकी छन् । उनले लेखराज भट्ट, टोप बहादुर रायमाझी, प्रभु साह र श्रममन्त्री गौरी शंकर चौधरीलाई मन्त्रीमा नियुत्त गरेकी हुन् ।

उनीहरुलाई अहिले सम्हालिरहेको मन्त्रालयको नै जिम्मेवारी दिइएको छ । नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चार जना मन्त्रीलाई माओवादीले सासंद पदबाट हटाएसँगै उनीहरुको मन्त्री पद गुमेको थियो ।

भण्डारीले लेखराज भट्टलाई उद्योगमन्त्रालय टोप बहादुर रायमाझीलाई उर्जामन्त्रालय, प्रभु साहलाई सहरी विकास मन्त्रालय र गौरी शंकर चौधरीलाई श्रम मन्त्रालयको जिम्मेवारी दिएकी छन् ।

‘सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा मिति २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधान धारा ७८ को उपधारा (१) बमोजिम सम्माननिय प्रधानमन्त्रीज्यूको सिफारिसमा देशाय अनुसार नियुक्ती गरी कार्यभार समेत तोक्नु भएको छ,’ विज्ञप्तीमा भिनएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.