सांसद पद गुमेका चार मन्त्रीको पुनर्नियुक्ति हुँदै, साँझ ५ बजे सपथ ग्रहण

  २०७७ चैत २७ गते १३:२३     विकासन्युज

काठमाडौं । नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चार जना मन्त्रीलाई आज पुनः मन्त्रीमा नियुक्त गर्ने तयारी भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले चारै जना मन्त्रीलाई साझँ पुनर्नियुक्ति सगैँ सपथग्रहणको समेत तयारी गरेको हो ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार चारै जना मन्त्रीलाई साँझ ५ बजे शितल निवासमा शपथग्रहण कार्यक्रम राखिएको छ ।

प्रतिनिधिसभाको बिहीबार बोलाइएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको जानकारी गराएका थिए । जसमा उद्योगमन्त्री लेखराज भट्ट, उर्जा जलस्रोत तथा सिचाइँमन्त्री टोप बहादुर रायमाझी, सहरी विकासमन्त्री प्रभु साह र श्रममन्त्री गौरी शंकर चौधरी रहेका हुन् ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुन्छन् । संविधानका अनुसार प्रतिनिधिसभा सदस्य नहुनेवित्तिकै मन्त्री पद रिक्त हुन्छ । उनीहरुलाई मन्त्रीपदमा कायमै राख्नको लागि पुनः नियुक्ती दिनुपर्छ । सोही अनुसार पुनर्नियुक्ति सगैँ सपथग्रहणको तयारी भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.