बैंक अफ काठमाण्डूको क्यूआर कोड सेवा माछापोखरीको तरकारी बजारमा पनि

  २०७७ चैत २७ गते १३:१५     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूले बजार विकास समितिको व्यवस्थापन रहेको माछापोखरीमा अवस्थित तरकारी बजारमा डिजिटल भुक्तानी (क्युआर कोड) सेवा शुरु गरेको छ । उक्त सेवाको उद्घाटन आज (चैत २७ गते) शुक्रबार एक औपचारिक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेंलले गरेका हुन् ।

बैंकले आफ्नो डिजिटल कारोबार (क्युआर कोड) विस्तारित गर्ने क्रममा उक्त स्थानमा सो सेवाको शुरुवात गरेको हो ।

उक्त औपचारिक शुभारम्भ कार्यक्रममा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेंलले फलफूल तथा तरकारी खरिद गरी डिजिटल तवरले क्युआर कोड स्क्यान गरी भुक्तानी गरेका हुन् ।

उक्त कार्यक्रममा सम्बोधन गर्दै राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक कडेंलले डिजिटल तवरले भुक्तानी गर्ने व्यवस्था मिलाएकोमा बैंक अफ काठमाण्डू र कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिलाई धन्यवाद दिए ।

उक्त कार्यक्रममा सम्बोधन गर्दै यस बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तले यस नगद रहित कारोबारको अभियानलाई बैंकले प्राथमिकतामा राखेर अगाडी बढाई रहेको जानकारी गराए ।

साथै, उक्त कार्यक्रममा कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका सहायक कार्यकारी निर्देशक अर्जुन अर्यालले डिजिटल भुक्तानी प्रणालीको व्यवस्थापनमा सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिए ।

हालसम्म बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालयहरु, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.