२ लाख ६९ हजारले पाए सिंगटी हाइड्रोको आईपीओ, नतिजा यसरी हेर्न सकिन्छ

  २०७७ चैत २७ गते ११:५७     विकासन्युज

काठमाडौं । सिंगटी हाइड्रोपावरले निष्काशन गरेको आईपीओको बाँडफाँड आज (चैत २७ गते) शुक्रबार हुने भएको छ । उक्त आईपीओ बाँडफाँड सेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा बिहान ११ बजे भएको हो ।

यससँगै २ लाख ६९ हजार ७०० जना आवेदकले मात्रै कम्पनीको सेयर हात पारेका छन् । क्यापिटलका अनुसार रितपूर्वक आवेदन दिनेमध्ये २ लाख ६९ हजार ७०० जना आवेदकलाई न्युनतम १० कित्ताको दरले सेयर बाँडफाँड गरिएको हो ।

त्यस्तै, १२ लाख ९० हजार १०२ जना योग्य आवेदकको भने हात खाली भएको छ ।

कुल १५ लाख ६५ हजार ५३० जनाको आवेदन परेको कम्पनीको आईपीओमा १५ लाख ५९ हजार ८०२ वटा मात्रै रितपूर्वक आवेदन परेको क्यापिटलले जनाएको छ ।

गत चैत ६ गतेदेखि चैत १० गतेसम्म निष्काशन भएको उक्त आईपीओमा १५ लाख २३ हजार ४५० जना आवेदकले २ करोड ४७ लाख २० हजार ४५० कित्ता सेयर खरिदको लागि आवेदन दिएका थिए । जुन सर्वसाधारणमा बिक्री गरेको तुलनामा ९.१७ गुणा बढी हो ।

यसरी हेर्न सकिन्छ नतिजा 

यससँगै, आवेदकले मेरो सेयरको वेबसाइट मार्फत आईपीओको रिजल्ट हेर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.