बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  २०७७ चैत २७ गते ११:५०     विकासन्युज

काठमाडौं । शुक्रबार सुनको मूल्यमा बृद्धि भएको छ । बिहीबार तोलाको ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा एकैपटक ९ सय रुपैयाँले बढेर ८९ हजार ९ सय रुपैयाँ पुगेको छ ।

यस्तै, तेजाबी सुन पनि तोलामा ९ सयले नै बढेर ८९ हजार ४५० रुपैयाँमा पुगेको छ । बिहिबार छापावाला सुन तोलामा ८९ हजार रुपैयाँमा र तेजाबी सुन ८८ हजार ५५० रुपैयाँ कारोबार हुने गरी मूल्य निर्धारण भएको थियो ।

शुक्रवार चाँदीको मूल्य पनि बढेको छ । बिहीवार प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रवार एक हजार २८० रुपैयाँमा खरीदविक्री भइरहेको छ । बिहीवारको तुलनामा शुक्रवार चाँदी २० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.