वोमी लघुवित्तको नवनियुक्त अध्यक्ष बिन्दीया श्रेष्ठ प्रधानले लिइन् सपथ ग्रहण

  २०७७ चैत २७ गते ११:३३     विकासन्युज

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाको नवनियुक्त अध्यक्ष बिन्दीया श्रेष्ठ प्रधान नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष प्रधानले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देबकुमार ढकालद्धारा पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

प्रधान साविक वोमी लघुवित्त वित्तीय संस्था तथा ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिए पश्चातको वोमी लघुवित्त वित्तीय संस्थाको अध्यक्षका रुपमा सर्वसम्मत चयन भएकी थिइन् ।

नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालयमा भएको उक्त सपथ ग्रहण कार्यक्रममा केन्द्रीय बैंकका अन्य अधिकृत तथा वोमी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत समेतको उपस्थिति रहेको थियो ।

दुई संस्था मर्जर पश्चात् २०७७ चैत्र ३ गतेदेखि एकीकृत वित्तीय कारोबार शुरु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.