एक्सेल डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस कति ?

  २०७७ चैत २७ गते १०:२४     विकासन्युज

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । विकास बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १२.६३ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव चैत २६ गते अपरान्ह बसेको विकास बैंक सञ्चालक समितिको बैठकले गरेकाे हाे । बैंठकले चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद गरी १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

हाल संस्थाको चुक्ता पुँजी ८१ करोड ११ लाख रुपैयाँ रहेको छ । १२ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ९० करोड ८४ लाख रुपैयाँ पुग्ने छ ।

उक्त प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो । संस्थाले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई १७.१ प्रतिशत बोनस र करप्रयोजनको लागि ०.९ प्रतिशत नगद गरी कूल १८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.