सूर्य नेपालले तनहुँको म्याग्दे गाउँपालिकालाई हस्तान्तरण गर्यो एम्बुलेन्स

  २०७७ चैत २६ गते १८:४४     विकासन्युज

काठमाडौं । सूर्य नेपाल प्रा.लि सेराटार तनहुँले म्याग्दे गाउँपालिका तनहुँलाई एउटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । संस्थाले आज(चैत २६ गते) म्याग्दे गाउँपालिकामा आयोजित एक कार्यक्रममा उक्त एम्बुलेन्स हस्तान्तरण गरेको हाे ।

उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष मायादेवी राना आले, उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख कार्यकारी नारायण प्रसाद अधिकारी, म्याग्दे गाउपालिका वडा न ६ का अध्यक्ष बसन थापा, सूर्य नेपालका फ्याक्ट्री म्यानेजर बाबुराम कार्की, एचआर म्यानेजर अन्जन दुवाडी, कमर्सियल म्यानेजर गौतम यादव तथा सुरक्षा विभाग प्रमुख होमनाथ अर्याल लगायतको सहभागितामा उक्त हस्तान्तरण कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष माया देवी राना आले उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख कार्यकारी, लगायत सूर्य नेपालका फ्याक्ट्री म्यानेजर बाबुराम कार्कीले समेत मन्तव्य राखेका थिए ।

सूर्य नेपालले २०७७ असोजमा पनि शुक्लागण्डकी नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको थियो । कार्यक्रममा गाउँपालिका प्रमुखले सूर्य नेपालबाट यस क्षेत्रमा भईरहेको सहयोगको उच्च मुल्यांकन गर्दै भविश्यमा समेत यस्तै सहयोगको अपेक्षा गरे भने सूर्य नेपालका फ्याक्ट्री म्यानेजर बाबुराम कार्कीले पनि यस क्षेत्रको समग्र विकासको लागी स्थानीयसँग सहकार्य गर्दै अघि बढ्ने कम्पनीको नीति रहेको बताए ।

यस क्षेत्रमा सूर्य नेपालले बिगत लामो समयदेखि शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार तथा अन्य सामाजिक विकासका विभिन्न क्षेत्रहरूमा थुप्रै सहयोग गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.