राष्ट्र बैंकले बैंकहरुलाई भन्योः कर असुल्नु पर्नेछ, शनिबार पनि बैंक खोल्नु

  २०७७ चैत २६ गते १८:११     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई चैत महिनाभर शनिबार पनि बैंक खुल्ला राख्न निर्देशन दिएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै सो निर्देशन दिएको हो ।

नेपाल राष्ट्र बैंकले आन्तरिक राजश्व कार्यालयहरु, राजश्वको कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन गर्ने सम्पूर्ण काउन्टर र शाखा खोल्न निर्देशन दिएको हो ।

यसअघि राजश्व अनुसन्धान विभागले चैत महिनाभित्रै दोस्रो किस्ताको मूल्य अभिवृद्धि कर तिर्न आग्रह गरिसकेको छ ।

One comment on "राष्ट्र बैंकले बैंकहरुलाई भन्योः कर असुल्नु पर्नेछ, शनिबार पनि बैंक खोल्नु"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.