नेपालले पायो २ अर्ब ३० लाख अमेरिकी डलरको विकास सहायता

  २०७७ चैत २६ गते १७:५२     विकासन्युज

काठमाडौं । नेपालले गत आर्थिक वर्षमा २ अर्ब ३० लाख (२००३ मिलियन) अमेरिकी डलर बराबरको विकास सहायता प्राप्त गरेको छ ।
अर्थ मन्त्रालयलय आज एक प्रतिवेदनमा जारी गर्दै सो रकम सहयोग पाएको बताएको हो ।\

सो प्रतिवेदनका अनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा नेपालले प्राप्त गरेको वैदेशिक सहायतामध्ये २१.२ प्रतिशत रकम वार्षिक बजेट प्रणाली बाहिरबाट खर्च भएको देखिएको छ ।

उक्त सहायताको रकममध्ये २१.२ प्रतिशत अर्थात ४३ करोड २६ लाख अमेरिकी डलर (५१ अर्ब ७४ करोड रुपैयाँ) बराबर रकम रातो किताबभन्दा बाहिरबाट खर्च भएको देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.