उद्योग मन्त्री भट्टसहित ४ जना मन्त्रीको सासंद पद चैट, अब मन्त्री हुन पाउँछन् कि पाउँदैनन् ?

  २०७७ चैत २६ गते १५:३९     विकासन्युज

काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टसहित अन्य ३ जना मन्त्रीको सासंद पद गुमेको छ । नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्री सांसद पदबाट पदमुक्त भएका हुन् ।

प्रतिनिधिसभाको बिहीबार बोलाइएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको जानकारी गराएका हुन् ।

उनले उद्योग मन्त्री लेखराज भट्ट, उर्जा जलस्रोत तथा सिचाइँ मन्त्री टोप बहादुर रायमाझी, सहरी विकास मन्त्री प्रभु साह र श्रम मन्त्री गौरी शंकर चौधरीको सासंद पद गएको बताएका हुन् ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुन्छन् । संविधानका अनुसार प्रतिनिधिसभा सदस्य नहुनेवित्तिकै मन्त्री पद रिक्त हुन्छ । उनीहरुलाई पदमा कायमै राख्नको लागि पुनः नियुक्ती दिनु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.