सरकारले गरेका कामहरुको तथ्य र तथ्यांकमा टेकेर बहस गर्न प्रधानमन्त्रीलाई गगन थापाकाे चुनाैती

  २०७७ चैत २६ गते १५:२६     विकासन्युज

काठमाडाै । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले गरेका कामहरुको तथ्य र तथ्यांकमा टेकेर संसदभित्र बहस गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो दिएका छन् ।

प्रतिनिधिसभाको बिहिबारको बैठकको विशेष समयमा बोल्दै उनले मिथ्यांक अघि सारेर संसदबाहिर सभा सम्मेलनमा नभई तथ्यमा संसद भित्र बहस गर्न प्रधानमन्त्रीलाई चुनौति दिएका हुन् । उनले कसैले प्रश्न नगर्ने सभा सम्मेलनमा प्रधानमन्त्रीले मिथ्यांक प्रस्तुत गर्ने गरेको दाबी गर्दै उहाँले एक एक वटा आयोजना र कामका बारेमा संसदमा बहस गर्न चुनौति दिए ।

उनले भने. ‘प्रधानमन्त्री ज्यू तथ्य र तथ्यांकमा टेकेर बहस गर्नका निम्ति म तपाईलाई संसदमा निम्तो दिन चाहन्छु । होइन भने तपाई बाहिरको सभा सम्मेलनमा उभिएर प्रश्न नगर्ने ठाउँमा हुक्के, चिलिमे, बैठके ,चौतारे राखेर तपाईले माथिबाट ठोक्ने, तलबाट तालि बजाउने अनि माननीय सांसदहरुले संसदमा आएर बालकविता सुनाएर बस्ने होइन । म/हामी तपाईसंग बहस गर्न तयार छौ । तपाईले प्रस्तुत गर्नुभधएको तथ्यमा टेकेर । ल आउनुहोस् । तपाई एउटा एउटा मन्त्रालयमा बहस गरौ । कहाँ तीन बर्षमा चमत्कार भएको छ ? पानीमा बहस गरौ । सडकमा बहसगरौ । पुलमा बस गरौ ।’

उनले सरकारको ३ वर्षे कार्यकालमा विकास निर्माणका काम चमत्कारिक ढंगले भएको भन्ने प्रधानमन्त्रीको दाबीलाई ‘अल्पज्ञान’को संज्ञा दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.