महालक्ष्मी विकास बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

  २०७७ चैत २५ गते १७:२६     विकासन्युज

काठमाडाैं । महालक्ष्मी विकास बैंकले विपन्न वर्ग तथा कृषि कर्जामा गरिएका साना कर्जा अन्तगर्तको लघु अमृत म्यादी बीमा योजनामा पर्न आएको मृत्यु हकदावी बीमा बापत हकवालालाई हस्तान्तरण गरेकाे छ । बैंकले नेशनल लाईफ इन्स्योरेन्स कम्पनीसँगकाे सहकार्यमा उक्त बीमा कार्यक्रम संचालन गरिरहेकाे छ ।

बैंककाे पालुङस्थित शाखा कार्यालयले म्यादी बीमा योजनामा पर्न आएको मृत्यु हकदावी बीमा बापतको रकम छ लाख सात हजार पाँच सय रुपैयाँ हकवालालाई प्रदान गरेकाे हाे ।

थाहा न. पा. वार्ड नं. १० का स्व. बिष्णु मगर र थाहा न. पा, वार्ड नं. १ निवासी स्व. देगु माया बलामीको मृत्यु हकदावी बीमा बापतको रकम बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलज कुमार अधिकारी र नायव प्रबन्ध जोनश शर्माद्धारा मृतकको निवासमा गई हस्तान्तरण गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.