अर्को साताबाट मेरो सेयरमा कुनै पनि समस्या नदेखिने

  २०७७ चैत २५ गते १७:०७     विकासन्युज

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ(सीडीएससी) का प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले अर्को साताबाट मेरो सेयरमा कुनै पनि समस्या नदेखिने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको सहकार्यमा मर्चेन्ट बैंकर एशोसिएसन अफ नेपालले आयोजना गरेको आर्थिक पत्रकारसँगको कार्यक्रममा उनले सो बताएका हुन् ।

मेरो सेयरको समस्या समाधानका लागि गत हप्ता २ वटा सफ्टवेयर जडान गरिएको छ । तर, पुँजी बजारमा धेरै संस्था आवद्द भएकाले एकमा समस्या आउँदा अर्को प्रभावित हुने गरेको उनको भनाइ छ । कहिले इन्टरनेट राम्रो नचल्दा पनि सीडीएससीलाई नै दोष दिइने गरेको उनको भनाई छ ।

प्राविधिक कारणले सिस्टममा समस्या देखिँदा पनि संस्थालाई जोडेर सूचना प्रवाह हुँदा संस्थाप्रति लगानीकर्ता रुष्ट हुने देखिएको सीईओ आचार्यले बताए ।

पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको संख्या बढ्दो छ । गत आवको अन्त्यमा मेरो सेयर प्रयोगकर्ता ६ लाख रहेकोमा २३ लाख पुगेको छ । त्यस्तै, डिम्याट खाता १७ लाख बाट ३३ लाख पुगेको छ ।

सम्बन्धित समाचार

मेरो सेयरमा केहि दिन समस्या देखिने, सिडिएस भन्छ- यसरी लिनुस् सेवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.