जनरल इन्स्योरेन्सको डेपुटी सीईओमा श्रेष्ठ र सञ्चालकमा आचार्य नियुक्त

  २०७७ चैत २५ गते १२:५४     विकासन्युज

काठमाडौं । जनरल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा रामचन्द्र श्रेष्ठ नियुक्त भएका छन् । चैत २७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेको हो ।

बैंठकले उनलाई आगामी चैत २७ गतदेखि लागू हुने गरी डीसीईओ पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त डीसीईओ श्रेष्ठले आगामी ४ वर्षसम्म आफ्नो जिम्मेवारी सम्हाल्ने छन् ।

त्यस्तै, सोही बैठकले कम्पनीको स्वतन्त्र सञ्चालकमा ज्ञानेश्वर आचार्यलाई नियुक्त गरेको छ भने सञ्चालक शशिराज बज्राचार्यको राजिनामालाई स्वीकृत गरेको छ ।

One comment on "जनरल इन्स्योरेन्सको डेपुटी सीईओमा श्रेष्ठ र सञ्चालकमा आचार्य नियुक्त"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.