लाभांश पारित गर्न रिलायन्स फाइनान्सले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुक क्लोज ?

  २०७७ चैत २५ गते १२:२९     विकासन्युज

काठमाडौं । रिलायन्स फाइनान्सले आगामी बैशाख २२ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । संस्थाले गत आर्थिक वर्षको लाभांश पारित गर्न आफ्नो ११औं वार्षिक साधारण सभा डाकेको हो ।

सो दिन बिहान ११ बजे लैनचौरस्थित लैनचौर बैंक्वेटमा हुन लागेको उक्त सभा भर्चुअल माध्यमबाट सञ्चालन गरिने संस्थाले जनाएको छ ।

सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ । सभाले पारित गरेसँगै संस्थाले चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद गरी १०.५३ प्रतिशत लाभांश पाउने छन् ।

साथै, सभाले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीयसँग मर्जर अथवा एक्विजिशनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावलाई अनुमोदन गर्दै छ ।

सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी बैशाख १० गते बुक क्लोज गर्ने हो । यससँगै बैशाख ९ गतेसम्म कायम भएका सेयरधनीले संस्थाको प्रस्तावित लाभांश पाउने छन् ।

हाल संस्थाको चुक्ता पुँजी ८३ करोड २४ लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस वितरण पश्चात संस्थाको चुक्ता पुँजी ९१ करोड ५६ लाख रुपैयाँ नाघ्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.