असफल व्यक्ति, असफल संस्थामा

  २०७७ चैत २४ गते २२:०५     सन्ताेष राेकाया

काठमाडौं । पञ्चहरूले राजासँग टिका थापेजस्तो, माधव कुमार नेपालले ज्ञानेन्द्रको पाउमा भेटी चढाए जस्तो देखिने माथिको तस्वीर २०७७ चैत ६ गते बालुवाटारस्थित प्रधानमन्त्री निवासमा खिचिएको हो । किशोर कुमार प्रधान दश औंला जोडेर, शिर झुकाएर नेकपा एमालेका महासचिव इश्वर पोखरेलसँग टिका थाप्दैछन् । अनुहार नदेखिएकाे, कालाे काेट र टाेपी छायाँ झै देखिएका व्यक्ति प्रधानमन्त्री केपी शर्मा ओली हुन् भने ढाडपट्टि गृहमन्त्री रामबहादुर थापा देखिन्छन् ।

२०७७ सालमा चैते दशैं थिएन । तर करिव २०० व्यवसायीले चैत ६ गते बालुवाटरमा पुगरे मुल दशै झै चैते दशैं मनाए । प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री इश्वर पोखरेलले उनीहरूलाई निधारमा टिका र घाटीमा खादा लगाए दिए, नेकपा एमालेको ट्याग लगाएर ।

यसरी एमालेमा प्रवेश गर्ने मध्ये केही व्यवसायीले भित्रभित्रै व्यवसायिक लाभ लिएको समाचारहरूको फटाफट प्रकाशन हुँदै गर्दा अर्काे त्यस्तै लाखको खबर मंगलबार आयो ।

नेपाल सरकारले व्यवसायी किशोर प्रधानलाई नेपाल वायु सेवा निगमको सञ्चालक समितिको सदस्यका रुपमा नियुक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले प्रधानलाई निगमको सञ्चालकमा ४ वर्षका लागि नियुक्त गरेको हो ।

एमालेमा प्रवेश गरे लगत्तै प्रधानले निगममा पाएको इण्ट्रीलाई भने धेरैले आचश्र्यका रुपमा लिएका छन् ।

भनिन्छ नि जबसम्म ‘राइट पर्सन इन द राइट प्लेस (सहि व्यक्ति सहि स्थानमा) हुन सक्दैन तबसम्म त्यो संस्थाको नत स्तरोन्नती हुन्छ नत वृद्धि विकास नै । राइट पर्सन इन द राइट प्सेलले संस्थाको वृद्धि विकास र वृद्धि विकासमा राम्रै काम गर्छ ।

उदाहरणका लागि नेपाल विद्युत प्राधिरणलाई लिन सकिन्छ । नेपाल विद्युत प्राधिकरण ५ वर्ष अगाडि अर्बौं रुपैयाँ नोक्सानीमा थियो । तर, त्यसको व्यवस्थापकिय कार्य–कौशलता र कार्यकारी निर्देशक कुलमान घिसिङको क्षमताले संस्थाको विकास र संस्था नाफामा जान धेरै समय पर्खिनु परेन । सारा नेपालीलाई छोटो अवधिमा नै लोडसेडिङ मुक्त गर्न उनी सफल भए ।

नेपाल वायु सेवा निगमकै कुरा गरौं, निगमका तत्कालिन महाप्रबन्धक सुगतरत्न कंसाकारकै कार्यकालमा पनि निगम सही दिशातर्फ अगाडि बढिरहेको थियो । टिमले रामै काम गरिरहेको थियो । जेल नेल भोगे पनि कंसाकारले निगमलाई २२ वर्षपछि नयाँ जहाज किनिदिए । व्यवस्थापकीय संरचना परिवर्तन गरिदिए । जनशक्तिमा नयाँ ब्लड इन्जेक्ट गरिदिए । संस्थाको अधोगतिमा यू टर्न गरेर उभोगतिमा पुर्याइदिए ।

अहिले निगमको प्रबन्ध निर्देशकको रुपमा डिमप्रसाद पौडेल छन् । निगमको अध्यक्षमा शुसिल घिमिरे छन् । निगम लथालिङ्ग भएको छ । जहाजहरू ग्राउण्डेट भएको छन् । नेपाल एयरलाइन्सले गर्ने व्यवसायमा क्रमशः यति एयरलाइन्सले ठाउँ पाएको छ । निगमका पाइलटहरू बेरोजगारी भएका छन् । संस्थाको कमाइ ऐतिहासिक रूपमा न्युनतम विन्दुमा झरेको छ ।

प्रधानको नियुक्तीले निगमलाई ओराली यात्रामा सहयोग गर्ने बाहेक अरु कुनै सम्भावना छैन । न उनी हवाई इन्जिनियर हुन्, न उनी पाइलट हुन्, न उनीसँग हवाई क्षेत्रमा काम गरेको अनुभव छ, न उनीसँग प्रशासकीय क्षेत्रमा काम गरेको अनुभव छ, न उनीसँग पर्यटकिय क्षेत्रमा काम गरेको अनुभव छ, न उनीसँग कुनै एउटा उद्योग वा व्यापारिक संस्थाको सफल व्यवस्थापन गरेको अनुभव छ ।

उनीसँग एउटा मात्र अनुभव छ, प्लेनमा यात्रा गरेको । तत्काल उनी र उनको परिवारलाई अर्को फाइदा छ । विराटनगरमा बसेर काठमाडौंमा राजनीति गर्दै आएका प्रधानलाई विराटनगर–काठमाडौं–विराटनगर आवत जावत गर्दा हवाई भाडा तिर्नु नपर्ने भयो । एमाले पार्टी भित्र केपी शर्मा ओली र पूर्वी नेपालका एमाले पार्टी पङ्ती हावी भएको बेलामा प्रधानको नियुक्तीसँगै धेरै पूर्वेलीले राजधानी आउदा–जादा भाडा छुट पाउने भए ।

चीनबाट खरिद गरेर ल्याएका चहाज सञ्चालन गर्न नसकेर पार्किङ स्थलमै राखेको निगममा प्रधानले न ती जहाज उडाउने सामथ्र्य राख्छन्, न निगमको वार्षिक नोक्सान अंकलाई सानो बनाउन सक्छन् ।

आर्थिक रुपमा तहस–नहस भएको संस्थामा असफल भनेर परिचित व्यक्तिलाई प्रवेश गराउनुले सरकारको नियत स्पष्ट भएको छ । एमाले भित्र पनि ओलीको जयजयकार गर्नेलाई राज्यको स्रोत साधनमा रजाइ गर्न छुट दिने प्रवृतिको निरन्तरता बाहेक यस नियुक्तमा केही फरकपन छैन ।

किशोर प्रधान को हुन्, कस्ता व्यक्ति हुन् महासंघको राजनीतिमा भिजेको सबैलाई थाहा छ । निजी व्यवसायमा असफल भएपछि महासंघको राजनीतिमा लामो समय लिङ्गरिङ गरेका प्रधानलाई जसले जहाँ निम्ता गर्यो, सो ठाउँमा जाने हवाई टिकट खर्च निम्तालुले बेहोर्नु परेको जानकारहरु बताउँछन् । त्यसैको परिणाम थियो महासंघको प्रधान वरिष्ठ उपाध्यक्ष पदमा दुई पटक पराजय ।

निजी व्यवसाय र महासंघको राजनीतिमा पराजित भएपछि उनी ओलीको जयजयकारमा लागेको छन् । ओलीको जयजयकार गर्दा उनले छोटो अवधिमा नै निगमको सञ्चालन बन्ने मौका पाएका छन् ।

विद्यार्थी कालमा नेपाल विद्यार्थी संघमा सक्रिय राजनीति गरेका, पछि भित्रभित्रै काँग्रेसमा राजनीति गरेका प्रधानलाई एमाले पार्टी प्रवेश लगत्तै फलिफाप भएको छ । एमाले प्रवेश गरे लगत्तै ओलीले प्रधानलाई निगमको सञ्चालक उपहार दिए, प्रधानले ओली र उनीका निकटस्तहरुलाई निगममा जागिर र निटक दिने नै छन् । तर निगमको विकासमा भने कालो बादल मडारिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.