इसेवाबाट हवाइजहाजकाे टिकट काट्दा शतप्रतिशतसम्म क्यासब्याक

  २०७७ चैत २४ गते १७:०७     विकासन्युज

काठमाडाैं । अब इसेवा मार्फत हवाइजहाज टिकट काट्दा शतप्रतिशत क्यासब्याक पाइने भएको छ । इसेवा मार्फत आन्तरिक तर्फको एयरलाइन्सका कुनै पनि गन्तव्यको टिकट काट्ने यात्रु यस योजनामा सहभागी हुनेछन् ।

हरेक दिन तीन जनाले तीन हजारसम्मको टिकटमा शतप्रतिशत क्यासब्याक पाउनेछन् भने त्यसभन्दा माथिको टिकटमा तीनहजार रुपैयाँ छट पाउनेछन् । यो योजना ३१ चैतसम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएकाे छ ।

यस्तै जाउँ है पोखरा अभियान अन्तरगत पोखरा जाने यात्रुहरुले एयरलाइन्स् टिकट काट्दा टिकट बुकिङ, होटल तथा रेष्टुरेन्ट तथा शाहशिक खेलहरूमा आकर्षक छुट प्राप्त गर्नेछन् । यात्रुहरुले इसेवा मार्फत टिकट काटिसकेपछि ‘जाउँ है पोखरा’ भन्ने विवरणमा क्लिक गरि यस्तो छुट पाउन सक्नेछन् ।

होटल तथा साहसिक खेलमा छुट प्राप्त गर्नका लागि इसेवाबाट प्रि बुकिङ गर्नुपर्नेछ अथवा हवाइ टिकट देखाउनुपर्नेछ । अहिले पश्चिमाञ्चल होटल संघ पोखरा र इसेवाको सहकार्यमा जाउँ है पोखरा अभियान अन्तरगत पोखरा घुम्न जानको लागि विभिन्न प्रवद्र्धनात्मक कार्यहरु भइरहेका छन् ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.