बीमितकाे औषधी नि:शुल्क नदिने स्वास्थ्य संस्थाहरुकाे नविकरण नगरिने

  २०७७ चैत २४ गते १५:१६     विकासन्युज

काठमाडाैं । सरकारद्वारा संचालित स्वास्थ्य बीमा बाेर्डले बीमितकाे औषधी निशुल्क नदिने स्वास्थ्य संस्थाहरुकाे नविकरण नगर्ने बताएकाे छ ।

बाेर्डका निर्देशक डा. सेनेन्द्रराज उप्रेतीले बीमितहरुकाे औषधीहरु सिद्धिएकाे भन्दै बेग्लै ‌औषधी किन्न लगाउने स्वास्थ्य संस्थाहरुकाे नविकरण नगर्ने बताएका हुन् ।

उप्रेतीले बीमा बाेर्ड मानिसहरुकाे लागि खस्याकखुसुक पैसा खाएर बस्ने ठाउँ नहुने पनि बताए ।उनकाे अनुसार बाेर्डमा कुनै पनि स्वास्थ्य संस्था एकपटक आवद्ध भइसकेपछि ५ वर्षसम्म नविकरण गर्नुपर्दैन ।

हालसम्म सरकारद्वारा संचालित बीमा बाेर्डमा ३७५ वटा स्वास्थ्य संस्थाहरु आवद्ध छन् जहाँ बाेर्डले ११ सय वटा ‌‌‌औषधीहरु प्रदान गर्दै आएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.